२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण

३० कार्तिक २०७४, बिहीबार ०९:०९

कात्तिक ३०, दाङ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । 

आगामी निर्वाचनका लागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि नेपाली काँग्रेससँग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन भएको हो । 

बुधबार घोराहीमा बसेको तीन दलको बैठकले निर्वाचनमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सहकार्य गरेर जाने निर्णय भएको छ । काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका जिल्लास्तरका नेतृत्वबीचको बैठकले लोकतान्त्रिक शक्तिलाई विजयी बनाउनका लागि निर्वाचनमा सँगै जाने निर्णय गरेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष नरेशजंग रानालगायत नेताको सहभागिता रहेको बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पक्षमा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । 

जसका लागि आफ्नो पार्टीका संघसंस्था एवं भ्रातृ संस्थालाई सहकार्यबारे जानकारी गराएर सबै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनतर्फ लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गर्ने निर्णय भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ