१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै

३० कार्तिक २०७४, बिहीबार १०:२०

कात्तिक ३०, कपिलवस्तु । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ । 

स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो । 

कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराको चोरी निकासी बढ्दै गएको स्थानीयवासीले बताएका छन् । चोरी निकासी बढेपछि सरोकारवालालाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय विश्वराज पाण्डेले बताउनुभयो । 

साइबेरियालगायतका देशबाट आउने पाहुना चराका साथै दुर्लभ कछुवा, माछासमेत ताल क्षेत्रबाट चोरी निकासी बढिरहेको छ । ताल क्षेत्रको संरक्षणको जिम्मा लिएका विभिन्न सरोकारवाला र स्थानीय तहले समेत चासो नदेखाएको स्थानीयवासीको आरोप छ । विश्व रामसार क्षेत्रमा सूचीमा सूचीकृत यस तालको संरक्षणको नाममा विभिन्न संगठन, सञ्जाल र संस्था गठन भए तापनि प्रभावकारीरुपमा काम गर्न नसकेको स्थानीयवासी प्रदीप थापाले बताउनुभयो । 

चराको चोरी निकासी बढ्न थालेपछि आफूले सो विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीसँग चोरी निकासी रोक्नका लागि पहल थालेको कपिलवस्तु नगरपालिका– ८ का वडाध्यक्ष शिव वाग्लेले बताउनुभयो । 

कपिलवस्तु नगरपालिका– ९ निग्लीहवामा रहेको जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो