१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका उम्मेदवार चुनाव प्रचार प्रसारमा व्यस्त

३० कार्तिक २०७४, बिहीबार १०:२६

कात्तिक ३०, पोखरा । निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । 

जिल्लाभित्र बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री समेतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका कारण चुनावमा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । 

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता रहेका छन् । स्थानीय आवश्यकता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारहरू भोट माग्दै घरदैलो पुगेका छन् । 

काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आज पोखरा–लेखनाथ महानगरपालिका– ३१ मा घरदैलो गर्नुभएको छ । उक्त वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले आफूले संसद् विकास कोषमार्फत वेगनास–भोर्लेटार सडकको स्तरोन्नतिको कार्य अघि बढाएको बताउनुभयो । 

जनताका आवश्यकताअनुरुप आफूले विकास निर्माणका योजना अघि बढाउने उहााको भनाइ छ । उहाँले यस क्षेत्रका गाउँपालिकाका साथै महानगर घोषणा भएर पनि विकासका दृष्टिले ओझेलमा परेका वडाको समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । 

नेकपा (एमाले)का नेता एवम् कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले पोखरा–लेखनाथ महानगरपालिका–२१ मा आज घरदैलो गर्नुभएको छ । घरदैलोका क्रममा उहाँले सम्भावना भएर पनि विकासका दृष्टिले ओझेलमा परेका बस्तीको विकासका माध्यमबाट जनताको जीवनस्तर उचो बनाउने बताउनुभयो । 

नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ प्रदेशसभा (क)का उम्मेदवार हेमबहादुर थापा (किरण) र समानुपातिक उम्मेदवार चेतबहादुर महतले पोखरालेखनाथ महानगरपालिका–३३ चवादीमा आज घरदैलो गर्नुभएको छ । 

कृषि तथा जलस्रोतको धेरै सम्भावना भएर पुल तथा बोटाघाटोका अभावले चवादी ओझेलमा परेको भन्दै थापाले यी सबै विकासका सम्भावनालाई उजागर गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो । 

विभिन्न नयाँ कार्यक्रमका साथ कास्कीका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको विवेकशील साझा पाटीले गाउँ, बस्ती र टोलमा प्रचारात्मक कार्यक्रमलाई अघि बढाएको उक्त पार्टीका निर्वाचन परिचालन समिति सदस्य राम गुरुङले बताउनुभयो । 

अबका केही दिन पर्चा तथा कार्यकर्ता परिचालनका माध्यमबाट पार्टीले लिएका उद्देश्य र घोषणापत्र सम्बन्धमा जनतालाई सुसूचित गराइने जानकारी दिँदै उहाँले केही दिनपछि मात्र उम्मेदवारसहित घरदैलो गरिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो