१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागिः दाहाल

१ मंसिर २०७४, शुक्रबार ०६:२५

मङ्सिर १, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताउनुभएको छ । 

चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताउनुभयो । 

अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गर्नुभयो । 

बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताउनुभयो । 

अध्यक्ष दाहालले नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ इतिहास रच्ने बेला आएको छ भन्दै यसमा साथ दिन आम जनसमुदायलाई आग्रह गर्नुभयो । 

पश्चिम चितवनको गीतानगरस्थित बिपी चोकमा भएको सो कार्यक्रममा उहाँले नेपालकै राजनीतिक इतिहास बोकेको यस क्षेत्रका राजनीतिक योद्धाहरुको आफूले सम्मान गर्ने पनि बताउनुभयो । काँग्रेसका केही पुराना नेताको नाम लिँदै उहाँले उहाँहरुको राजनीतिक त्यागको प्रशंसा पनि गर्नुभयो । 

अध्यक्ष दाहालले अबको निर्वाचनमा कसैले पैसाको भरमा निर्वाचन जित्छु भन्ने ठान्छ भने त्यो दिवा सपना वाहेक केहि होइन भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो