मंसिर १ , पोखरा | कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार रबिन्द्र अधिकारीले मुठ्ठीभरका जनता मात्र धनी हुने शासन सत्ता पल्टाउने उद्घोष गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा—१६ बाटुलेचौर मैदानमा शुक्रबार बिहान घरदैलोको शुभारम्भ गर्दै प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ का उम्मेद्वार अधिकारीले मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने गरीब बनाईराख्ने वर्तमान शासन सत्ता पल्टाउने उद्घोष गरेका हुन् । उनले भने, ‘केही मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने सँधै गरीब भइराख्ने शासन सत्ता हामी उल्टाउँछौं ।’
एमालेका युवा नेतासमेत रहेका उम्मेद्वार अधिकारीले विगतमा राजनीतिक अस्थिरताका कारण विकास गर्न नसकेको स्विकार्दै अब बाम एक भई आएकाले स्थिरताका लागि मतदान गरी बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।अधिकारीले कांग्रेसले सिसाको महलमा बसेर ढुंगा हान्ने काम गरिरहेको भन्दै शिसाको घर झ¥यामझुरुम पारिदिने चेतावनी दिए । कांग्रेस उम्मेद्वारले बाम गठबन्धनका उम्मेद्वारलाई व्यक्तिगत लाञ्छना र गालीगलौज गरेकोप्रति उनले आक्रोश व्यक्त गरेका हुन् । उनले आकाशमा थुकेको थुक आफ्नै अनुहारमा पर्न सक्नेतर्फ कांगे्रसलाई सचेत गराए ।
कास्की—२ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरुको संकल्प रहेको बताए । उनले मुलुकको मुहार फेर्नका लागि बाम गठबन्धनलाई विश्वास गरिदिन आग्रह गरे । कम्युनिष्टहरु नमिलेसम्म राजनीतिक परिवर्तन र आर्थिक समृद्धी नहुने दाबी गर्दैै उनले भने, ‘हामीलाई अन्तिम पटक विश्वास गर्नुस्, मुलुकको मुहार फेर्ने र जनताको जीवनमा परिवर्तन ल्याउने हामीले संकल्प गरेका छौं र त्यो पूरा गरेरै छाड्छौं ।’ उनले ग्रामिण स्तरसम्म स्वरोजगार बनाउने र बेरोजगारलाई रोजगार दिने बाम गठबन्धनको अभिष्ट रहेकाले अन्तिम पटक अवसर दिन उनको आग्रह थियो ।
‘करण’ले प्रदेश नम्बर ४ लाई देशकै नमूना (मोडल) प्रदेश बनाउने आफूहरुको योजना रहेको बताए । साथै उनले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी दिदै त्यसो गरिरहे एउटाको सट्टा दशौं आरोपको प्रमाणसहित कांग्रेस उम्मेद्वारको भण्डाफोर गरिदिने बताए ।
निर्वातमान सभासद चुडामणि जंगली बामपन्थीको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले भने, ‘हाम्रो लक्ष्य समाजवाद हो र त्यसलाई प्राप्त गर्नका लागि दुइ तिहाइसहितको कम्युनिष्ट सरकार आवश्यक छ ।’
कास्की क्षेत्र नं १ क प्रदेश सभा सदस्य उम्मेदवार दीपक कोइरालाले यो निर्वाचन सामान्य होइन नभएको भन्दै संविधान कार्यन्वयन र विकास निर्माणमा निरन्तर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नं १ बाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारीले अब सक्रिय बनेर विकास गर्ने इच्छा रहेको बताएका छन् । उनले नेपाली कांग्रेको कार्यालयको खर्चका लागी सासंद विकास कोषको ४० हजार खर्च गरेको दाबी गरे । उनले भने, ‘कहाँ के विकास गर्नु भयो उहाँले कहाँ गयो सासंद विकासको ३ करोड । अब जनताले पनि प्रश्न गर्नुपर्छ ।’ उनी कास्की क्षेत्र नं १ अन्र्तगत पोखरा लेखनाथ मनपा वडा नं ३० मा घरदैलोमा छन् ।
यता, कास्की क्षेत्र नं ३ खका उम्मेदवार रामजी बराल जीवन घरदैलोमा व्यस्त छन् । शुक्रबार बिहान उनले माछापुच्छ«े गाउँपालिका वडा नंं ९ का कुइवाङ प्रोमधुम, तक्रो, इमु र सैतीभट्टमा घरदैलो र कोणसभा गरे । वाम गठबन्धनका साझा उम्मेदवार जीवनले आफूले यो क्षेत्रको विकासमा विशेक्ष ध्यान दिने बताए । उनले पर्यटन प्रवद्धनमा र महत्वपूर्ण जडिबुटीको संरक्षण गर्दै समृद्धिको मार्गमा लाग्नुपर्नेमा जोड दिए । उनले यहाँले स्थानीयले झेल्नुपरेको खानेपानी समस्यालाई व्यवस्थित गर्ने पहल गर्ने आश्वासनसमेत दिए ।