२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडामा भोट माग्दै लामिछाने र मैनाली

२०७४, १ मंसिर शुक्रबार १२:४९

मङ्सिर १, हेटौँडा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली चुनावी अभियान लिएर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ आसपासका क्षेत्रमा भोट माग्न पुगेका छन् ।

जनताको गुनासो सुन्ने क्रममा उम्मेदवार लामिछानेले नयाँ शक्ति देश विकासको लागि र समृद्धिका लागि वैकल्पिक शक्ति भएकोले यसको कुनै विकल्प नभएको बताउँदै नयाँ शक्तिका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।  

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार मैनालीले आफ्नो क्षेत्रमा मेडिकल कलेजका साथै सुविधा सम्पन्न औद्योगिक क्षेत्र बनाउने प्रतिवद्धत्ता व्यक्त गरेका छन् । मकवानपुरको स्थानीय स्तरमा पर्यटक भित्र्याउने गरी अध्ययन गरिने बताए । साथै नयाँ शक्तिको विशेष एजेण्डा अनुसार नै युवालाई स्वरोजगार बनाई समृद्ध राष्ट्रको रुपमा विकास गर्ने पनि उनले बताए ।

चुनावी अभियानमा सुधिर थापा, गंगा थापा, सविता थापा, नयनबहादुर श्रेष्ठ,शिव थापासहित कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन