२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडामा भोट माग्दै लामिछाने र मैनाली

१ मंसिर २०७४, शुक्रबार १२:४९

मङ्सिर १, हेटौँडा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली चुनावी अभियान लिएर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ आसपासका क्षेत्रमा भोट माग्न पुगेका छन् ।

जनताको गुनासो सुन्ने क्रममा उम्मेदवार लामिछानेले नयाँ शक्ति देश विकासको लागि र समृद्धिका लागि वैकल्पिक शक्ति भएकोले यसको कुनै विकल्प नभएको बताउँदै नयाँ शक्तिका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।  

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार मैनालीले आफ्नो क्षेत्रमा मेडिकल कलेजका साथै सुविधा सम्पन्न औद्योगिक क्षेत्र बनाउने प्रतिवद्धत्ता व्यक्त गरेका छन् । मकवानपुरको स्थानीय स्तरमा पर्यटक भित्र्याउने गरी अध्ययन गरिने बताए । साथै नयाँ शक्तिको विशेष एजेण्डा अनुसार नै युवालाई स्वरोजगार बनाई समृद्ध राष्ट्रको रुपमा विकास गर्ने पनि उनले बताए ।

चुनावी अभियानमा सुधिर थापा, गंगा थापा, सविता थापा, नयनबहादुर श्रेष्ठ,शिव थापासहित कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य