२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले नै आचारसंहिता उल्लंघन गरेको छ: खनाल

२०७४, १ मंसिर शुक्रबार १२:५६

मङ्सिर १, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाउनुभएको छ । 

एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न स्थानमा उम्मेदवारमाथि हमला गर्नेलाई कारबाही नभएको, एक रङमा मात्र निर्वाचन घोषणापत्र जारी गर्नुपर्र्नेमा नेपाली काँग्रेसले बहुरङमा घोषणापत्र प्रकाशन गरेको र सरकारले चार÷पाँच सय प्रहरी अधिकृतको सरुवा गर्नाले आचारसंहिताको गम्भीर उल्लंघन भएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।”

उहाँले वाम गठबन्धनले जितेमा मुलुकमा तानाशाही आउँछ भनिनु गलत भएको हो भन्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै शुरुमा काँग्रेसमा आबद्ध भए पनि त्यो पार्टीमा अलोकतान्त्रिक व्यवहार देखेर उहाँले कम्युनिष्ट पार्टी खोल्नुभएको स्मरण गराउनुभयो । 

आफूहरु पूँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै नेता खनालले कम्युनिष्ट अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गर्नुभयो । “वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तीव्रता आउनेछ ।” 

उहाँले एमाले र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचनपछि पार्टी एकता हुनेमा कुनै प्रश्न नरहेको बताउँदै अहिले नै एकै निर्वाचन चिह्न हुन सकेको भएमा राम्रो हुन्थ्यो भन्ने आवाज जनस्तरबाट आएको जनाउनुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमाललगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन