२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनचाहना विपरीत हिंसात्मक घटना गराउनु दुःखद्पूर्ण: निर्वाचन आयोग

२०७४, १ मंसिर शुक्रबार १३:३४

मङ्सिर १, काठमाडौँ (रासस) | निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । 

मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग आयोगले आग्रह गरेको छ । 

जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्णरूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउन सकिने व्यवस्था रहँदारहँदै जनचाहनाविपरीतका हिंसात्मक घटना गराउनु दुःखद्पूर्ण रहेको आयोगले जनाएको छ । 

निर्वाचनका लागि सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति विश्वस्त रहेको जनाउँदै आयोगले हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले स्तब्ध तुल्याएको जनाएको छ । 

बेलैमा थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह गर्दै आयोगले यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवं निर्वाचनका सरोकार भएकासँग अनुरोध गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश अहिले लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर रहेको आयोगले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन