२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनावमा खटिने कर्मचारीलाई रोल्पाका प्रजिअले भने- ‘राजनीतिक तटष्थता अपनाउनु होला’

२०७४, २ मंसिर शनिबार ०५:३३

कविता उपाध्याय/मङ्सिर २, रोल्पा । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले चुनावमा खटिने कर्मचारीहरुलाई राजनीतिक तटष्थता अपनाउन निर्देशन दिनुभएको छ । 

जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा उद्योग बाणिज्य संघ रोल्पाको हलमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बुधबार र बिहिबार दुई दिनसम्म चलेको तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 


यसैवीच डा. भट्टराईले भन्नुभयो “ तपाइहरुले कुनैपनि राजनीतिक पार्टी वा उम्मेदवारहरुलाई जिताउने हराउने चिन्ता नलिनुहोला । तपाइहरुको मुख्य जिम्मेवारी भनेको निर्वाचन सफल पार्नका लागि निष्पक्ष, तटस्थ र पारदर्शी रुपमा मतदाताहरुलाई मतदान गर्ने वातावरण मिलाउनु नै हो । ” यस विषयमा तपाईहरु गम्भीर बन्नुहोला । 

उहाँले  मतदानमा तोकिएका कुनैपनि कर्मचारीहरुको गलत गतिविधि देखिएमा तत्काल खबर गर्न समेत मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । 

साथै प्रजिअ भट्टराईले कुनै समस्या आएमा कर्मचारीहरुलाई विचलित नहुन पनि सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो “तपाइहरु एक्लो हुनुहुन्न । सुरक्षा ब्यवस्था कडा पारिने छ । ढुक्क भएर काम गर्नुहोला केही परिहाले आत्तिन जरुरी छैन । तपाईलाई जति चिन्ता छ त्यो भन्दा बढी हामी चिन्तित छौं । ”


यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले तालिमका सहभागीहरुलाई सानासाना कुराहरुमा पनि एकदमै समवेदनशील बन्न सुझाव दिनुभयो ।  उहाँले भन्नुभयो “तपाइहरु आफ्नो कर्तब्य इमान्दारीताका साथ सम्पन्न गरेर निर्वाचन सफल पारेर फर्कनुहुनेछ भन्ने कुरामा म आशावादी छु । ”


दुई दिनसम्म चलेको तालिममा जिल्ला समन्वय अधिकारी सुशील बैद्य, जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे, वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ र जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा निर्वाचन केन्द्रिय अनुगमन टोलीका प्रमुख सहसचिव रामप्रसाद घिमिरे, खड्गदल गण रोल्पाका गणपति प्रमुख सेनानी अजय गुरुङ, प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल, सशस्त्र प्रहरी नायव उपरिक्षक लालबहादुर शाही, प्रमुख अनुसन्धान अधिकृत मनोज ढकाल लगायतको उपस्थिति रहेको थियो । 

तालिममा मतदान अधिकृतहरुलाई निर्वाचनका समयमा आवश्यक पर्ने सम्पूर्ण प्रकृयाका साथै नमूना मतदान समेत गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे