मंसिर १० गते हुन लागिरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १० गते हुन लागिरहे"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सडक नाटकबाट मतदाता शिक्षा दिईँदै

२०७४, २ मंसिर शनिबार ०६:०५

ताराबहादुर महत । मंसिर २, दोलखा । मतदाता शिक्षा सम्बन्धि चेतनामुलक सडक नाटक ‘महादान’ आज दोलखा सदरमुकाम चरिकोटमा प्रदर्शन गरिएको छ ।


मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बढी भन्दा बढी नागरिकलाई मतदानमा सहभागि गराउन र मत बदर हुने संख्या कम गराउन सडक नाटक प्रदर्शन गरिएको दोलखाका जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतिले जानकारी दिनुभयो । सर्वसाधारणले पनि सहजै बुझ्ने माध्यम भएकोले मतदाता शिक्षा कार्यक्रम अन्र्तगत निर्वाचन आयोगले सडक नाटकलाई पनि अबलम्बन गरेको उहाँको भनाई छ ।

नाटक दोलखाको २ नगरपालिकाको २÷२ स्थान र ७ गाउँपालिकाको १÷१ स्थानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । आजबाट शुरु भएको सडक नाटक मंसिर ६ गतेसम्म जिल्लाको विभिन्न स्थानमा प्रदर्शन हुनेछ । सडक नाटक साँस्कृतिक संस्थानसँगको सहकार्यमा निर्वाचन आयोगले प्रदर्शन गरेको हो । लोकेन्द्र लेखकको लेखन तथा निर्देशन रहेको नाटकमा आकाश थापा, संगित लिम्बु, जंग पहाडी, आकाश गोर्खाली, प्रलाप राई, दिपिका थापा, सोमिया सामत लगायतका कलाकारहरुले भुमिका अभिनय गरीरहनुभएको छ ।

नाटक आजै कालिञ्चोक गाउँपालिकाको सुनखानी र विगु गाउँपालिकाको सिंगटी बजारमा प्रदर्शन हुने साँस्कृतिक संस्थानका प्रतिनिधि जंग पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि गौरीशंकर गाउँपालिकाको गुरुम्फी र भिमेश्वर नगरपालिकाको तामाकोशी बजारमा प्रदर्शन हुनेछ । ४ गते जिरीको लिंकन बजार, हाटडाँडा र बैत्यश्वर गाउँपालिकाको मैनापोखरी  तथा ५ गते मेलुङ र तामाकोशी गाउँपालिकामा नाटक प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी ६ गते शैलुङ्ग गाउँपालिकाको बाघखोर बजारमा नाटक प्रदर्शन गरिने आयोजकको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन