२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङ सदरमुकाम बेँसीशहरमा बम भेटियो

२०७४, २ मंसिर शनिबार ०६:५५

मङ्सिर २, लमजुङ । शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । 

लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेका थिए । 

नेपाली सेनाका अनुसार सिलौटको कित्लीभित्र सुतली बम भेटिएको थियो । दुई पटकको प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिनुभयो । 

यसअघि आज बिहानै बँेसीशहर नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए । 

आज सदरमुकाम बेँसीशहरमा नेपाली काँग्रेसको आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन