१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ: देउवा

२ मंसिर २०७४, शनिबार ११:०७

मङ्सिर २, बाजुरा । नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो– “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनुपर्छ ।” 

सभापति देउवाले काँग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अवको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्दै आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि काँग्रेस बाहेकको विकल्प नभएको उल्लेख गर्दै उहाँले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले प्रत्येक बाजुरावासीलाई उज्यालो बाजुरामा सहभागी गराउने र स्वास्थ्यको पहुँचमा पु¥याउने बताउँदै काँग्रेस नेतृत्वको वर्तमान सरकारले बाजुराको सडक, शिक्षा, स्वास्थ्य र विद्युत्लाई बढी प्रथामकिता दिएको छ भन्नुभयो । 

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै भएको संज्ञा दिनुभयो । 

वाम गठबन्धनले कुनै पनि हालतमा बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेती लोकमार्ग र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा कर्णाली करिडोर र साँफे मार्तडी पक्की बनाउन पहल भएको बताउनुभयो । 

काँग्रेसका नेता अरुण प्रकाशसिंह राठोरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन जनतम संग्रह भएकाले अव अधिनायक वादको अन्त्य गर्न बाजुरावासीलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कविराज पण्डितले बाजुराको विकासका लागि एक भएर लाग्ने बताउँदै अहिले वाम एकताले बाजुरामा कुनै प्रभाव नपारेको धारणा व्यक्त गर्नुभयो । 

बाजुरामा भोकमरीको समस्या भएको हुँदा काँग्रेसले भोकमरी र बेरोजगारी अन्त्य गर्नेमा पनि उहाँले जोड दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो