२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा वाम गठबन्धनले २ हजार मिटर पाईप वरामद गर्यो

२०७४, २ मंसिर शनिबार १४:३२

प्रेम सुनार/मङ्सिर २, गुल्मी । अहिले साँझ केहि वेर अघि गुल्मीको क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ मा २ हजार मिटर  खानेपानीका पाईप वामगठबन्धनका युवा संगठनले वरामद गरेको समाचार प्राप्त भएको छ ।   

क्षेत्र नम्वर १ का वामगठबन्धन निर्वाचन परिचालन कमिटीका  सचिवालय सदस्य  मनिराम ज्ञवालीले गुल्मी दरवार गाउँपालिको वलीथुम अर्दि भन्ने स्थानबाट गठबन्धनका युवाहरुले लु २ ज १३७८ नम्वरको जिपमा लैजाँदै गरेको २ हजार मिटर पाईप वरामद गरी राखेको जानकारी दिएका हुन् ।

वामगठन्धनले क्षेत्र नम्वर १ अन्तरगत प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्कीले  चुनावमा जनताको मत प्रभावित पार्न वितरण गर्न लागेको  आरोप लगाएका छन ।   

पाईप बाँडनका लागि हो या सरकारी वा कुनै व्यक्तिको हो ? भन्ने विषयमा आधिकारिक पुष्टाई हुन नसके पनि यो समाचार लेख्न वेला सम्म उक्त पाईप   वामगठबन्धनका युवाहरुको नियन्त्रणमा रहेको छ ।

उक्त पाईप वामगठबन्धनका  प्रकाश सर्तुङ्गे लगायतका युवाहरुले  वरामद गरेका थिए । यस सम्वन्धमा नेपाली कांग्रेसबाट प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्की संग टेलिफान सम्पर्क राख्दा आफुलाई केहि पनि थाह नभएको भन्दै आफु माथी झुटो आरोप लगाईएको बताए ।   

उनि संग कुरा भएको केहि छिन नवित्दै यताबाट सम्पर्क राखिएको  सोही टेलिफोन नम्वरमा वलिथुम स्थित नेपाली कांग्रेसका कार्यकर्ता प्रेम पुनले अत्तालिदै फोन गरे ।

उनले अलि चर्को स्वरमा भने –‘एमालेका मान्छेहरुले नियन्त्रणमा लिएको  उक्त पाईप न उमेदवार धनेन्द्र कार्कीले दिएको हो न त म आफु प्रेम पुनले दिएको हो । ’ उनले थपे– ‘त्यो पाईप  वडाबाट छुट्टाईएको ५० हजार रकमबाट  खरिद गरेर ल्याईएको हो । उनिहरुले भने जस्तो होईन्, समाचार लेख्दा अलि ख्याल गर्नु होला ।  

त्यसो त स्थानिय तहको निर्वाचनमा  पनि एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसले  बाँडेको भन्दै सोही गाउँपालिकाको छिमेक रेसुङ्गा नगरपालिकाको वडा नम्वर १३ मा पनि १ हजार मिटर पाईप नियन्त्रणमा लिएका थिए ।

वरामद गरिएको उक्त पाईपको वारेमा रिर्पोटिङ्ग गर्न पुगेको यसै समाचारदातालाई गौडाकोटमा कांग्रेस कार्यकर्ताहरुले घेराउ गरी चार पाँच घण्टा सम्म नियन्त्रणमा लिएका थिए । 

निर्वाचन अधिकृत सहित प्रहरीको ठुलो संख्या पुगेर यस समाचारदातालाई त्यहाँबाट राती सदरमुकाम लिएर आएका थिए । वामगठबन्धनका  परिचालन कमिटी सदस्य पुनाराम ज्ञवाली भन्छन् –‘यहि हो कांग्रेसको लोकतन्त्र  ? कुनै सञ्चारकर्मीले रिर्पोटिङ्ग गर्न र समाचार लेख्न पनि नपाउने ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु