मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विस्फोट गराउँदै गरेको वा बम बोकेको थाहा पाए सीधै गोली हान्न आदेश

३ मंसिर २०७४, आईतवार ००:५८

मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको हो । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भनेको छ । 

यस अघि भएका घटनामा संलग्नहरुलाई समेत सुरक्षा निकायले खोजि गरेको छ । सनिबार रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका थिए । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

उक्त विस्फोटमा चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । त्यस्तै सो घटनामा घाइते हुनेहरुमा चन्द्रपुर नगरपालिकाकी ४५ वर्षकी लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षकी कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षकी दिलमाया राई र ५० वर्षकी यमुना काफ्ले छन् । एमाले कार्यकर्ता काफ्लेको एउटा हातको औँला चुँडिएको छ ।

वाम गठबन्धनले चुनावी भेला गर्नु अघि नै विस्फोट भएको थियो । त्यस्तै सनिबारनै तनहुँमा कांग्रेस नेता पौडेललाई लक्षित गरि आक्रमण गरिएको थियो । त्यसो त सुक्रबार नुवाकोटमा पनि शक्तिशाली बिष्फोट हुँदा केहि घाइते भएका थिए । तनहुँ घटनापछी बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनको मुखमा किन यसरी आक्रमण भयो ? भन्ने बिषयमा छानविन हुनुपर्ने बताए । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो