१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयोग: प्रकाश दाहालको ‘ब्ल्याक एण्ड ह्वाइट’ प्रोफाइल फोटो र अन्तिम पोष्ट !

३ मंसिर २०७४, आईतवार ०४:१९

मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघातबाट मृत्यु भएका दाहालले केहि दिन अघि मात्र आफ्नो रंगिन तश्विर हटाएर ब्ल्याक इन व्हाइट तश्विर अपडेट गरेका थिए । नभन्दै प्रोफाइल फोटो जस्तै उनको जीवन ‘ब्ल्याक एण्ड ह्वाइट’झैं बनिसकेको छ  । 


संयोग भनौं वा अन्तिम समयको सूचक ! आफ्नो मृत्युअगाडी नै फेसबुक प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका उनले अन्तिम फोटो आफ्नो छोरा कुर्सिमा बसेको अवस्थामा अपडेट गरेको देखिन्छ । १३ दिन अगाडी उनले आफ्नो अन्तिम प्रोफाइल ‘ब्ल्याक एण्ड ह्वाइट’ राखेका थिए भने उनको अन्तिम पोष्ट पनि उनको छोराको फोटो भईदियो । यसलाई सांकेतिक रुपमा हेर्ने हो भने उनले मृत्युको १३ दिन अगाडी कात्तिक २० गते राखेको  प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ राखिनु र दैनिक बिभिन्न पार्टीगत फोटो तथा पोष्टहरु दिने प्रकाशले अन्तिम पोष्ट कात्तिक ३० गते आफ्नो छोरा प्रणव दाहालको हुनु संयोग बनेको छ । दुवै तश्विर 'सिम्बोलिक' बनेका छन् । उनले अपडेट गरेको अन्तिम प्रोफाइल फोटोले जीवनको रङ्गलाई देखाएको छ जो अब साच्चै फोटोमा झैं भएको छ भने उनले गरेको अन्तिम पोष्टले उनिपछीको रंगीन जीवनलाई संकेत गरेको छ । 


माथिको कुरा संयोग मान्ने हो भने पनि प्रचण्ड परिवार यतिखेर अत्यन्त शोकमा डुबेको छ । मृत्यु शास्वत सत्य भएपनि प्रकाशको मृत्युको उमेर भएको थिएन । जसको कारण उनको परिवारमा ठूलो बज्रपात आइलागेको छ तर त्यो संगै आशाको पोको पनि बाँकी छ जसलाई उनको अन्तिम फेसबुक पोष्टले संकेत गर्छ । 

प्रकाशको प्रोफाइल फोटो १३ दिन अघि कृष्णबहादुर महरासँगको सामुहिक अनि रंगीन तस्वीर थियो ।  तर त्यसलाई उनले हटाएर आफ्नो एक्लो ‘ब्ल्याक एण्ड ह्वाइट’ तश्विर फेसबुक प्रोफाइलमा अपडेट गरे । नेपाली संस्कारलाई ध्यान दिने हो भने मृत्यु भइसकेको मानिसको तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाउने चलन छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो