२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा निर्वाचनका लागि शुरक्षा सतर्कता कडा बनाइयो

२०७४, ३ मंसिर आईतवार १६:०९

सरोज यादव | मङ्सिर ३, सर्लाही | आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै सर्लाही प्रहरीले जिल्लामा शुरक्षा सतर्कता बढाएको छ । मंसिर २१ गते एकैसाथ सम्पन्न हुने निर्वाचनलाई शान्तिपुर्वक र भयरहित वातावरणमा सम्पन्न गराउन शुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डि.एस.पी राजेश थापाले साझा सबाल डटकमलाई बताउनुभयो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसंधानले निर्वाचन शुरक्षाका लागि बेग्लै योजनाहरु लागू गर्न लागेका छन् ।निर्वाचन को विरोधमा कुनै पनि किसिमको गतिविधिहरु हुन नदिन सर्लाहीमा अतिसम्वेदनशिल मानिएका क्षेत्रहरुमा गस्ती बढाइएको प्रहरी प्रवक्ता एवं डि.एस.पी थापाले जानकारी दिनुभएको छ । 

निर्वाचनको दिन नजिकिँदै जाँदा केही दिन देखि चुनाव बिथोल्नको लागि विभिन्न जिल्लाहरुमा अपराधिक गतिविधि भइरहेका कारण सर्लाहीको प्रशासन चनाखो बनेको छ ।सर्लाहीमा चुनावलाइ लक्षित गरेर कुनैपनि किसिमको घटनाहरु अहिले सम्म नघटेको र पछि पनि घट्न नदिन आफ्नो टोली हरबखत सतर्क रहेको शसस्त्र प्रहरीका एस.पी रविन्द्र ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन