२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता सिन्धुलीबाट पक्राउ

२०७४, ४ मंसिर सोमबार ०८:५९

मङ्सिर ४, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । 

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताउनुभयो । विप्लवका कार्यकर्ताको गतिविधि नजिकबाट नियालिरहेको र उनीहरुलाई पक्राउ गरिने उहाँले बताउनुभयो । 

निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो