३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले जिते दश वर्षमा बीस हजार मेगावाट बिजुली: विष्ट

४ मंसिर २०७४, सोमबार १२:४३

मङ्सिर ४, गुल्मी । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आसन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा आगामी १० वर्षमा बीस हजार बिजुली उत्पादन हुने र विदेशमै बिक्री गर्न सकिने बताउनुभएको छ । 

“नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौँ, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युत्भार मुक्त हुनेछ र दश वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन गरी बिक्री गरिनेछ” – उहाँले भन्नुभयो । 

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र २ को निर्वाचन प्रचारमा रहनुभएका सचिव ज्ञवालीले आज मुसिकोट नगरपालिका–१ स्थित पौँदी अमराईमा आयोजित जनसभामा भन्नुभयो, “ ठूला आयोजना सञ्चालन भएमा मुलुकभित्रै रोजगारी वृद्धि भई युवालाई खाडीमा रगत, पसिना बगाउन जानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।” 

नेपाली काँग्रेसका चन्द्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहनुभएका सचिव विष्टले आफ्नो निर्वाचन क्षेत्रमा सबै घरमा एकै रङको टिनको छाना लगाउने, हरेक घरलाई निःशुल्क बाख्रा वितरण गर्ने, दलितका छोराछोरीलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा दिने, जिल्लाभित्र र जिल्लान्तरका सडक बाटालाई विस्तार, मर्मत एवं निर्माण गर्ने, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना सुनाउनुभयो । काँग्रेसका केसी आज धुर्काेट क्षेमा प्रचारमा व्यस्त हुनुहुन्छ । 

सभामा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक वीरबहादुर कार्कीले निर्वाचनपछि पार्टी एकताका साथै वाम सरकार बन्ने भएकाले समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो । 

विष्टले आजै थामडाँडा, अरेवा, सिम्ले नेटा र इस्मामा आयोजित कोणसभालाई सम्बोधन गर्नुभयो । 

क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार एवं एमालेका सचिव प्रदीपकुमार ज्ञवाली वीरबासमा प्रचार अभियानमा हुनुहुन्छ भने ज्ञवालीका प्रतिस्पर्धी काँग्रेसका चन्द्र भण्डारी सिमिचारका कार्यक्रममा व्यस्त रहनुभयो । पौँदी अमराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली