२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा विप्लबका कार्यकर्ता खोज्दै प्रहरी, दुई जना गिरफ्तार

२०७४, ४ मंसिर सोमबार १५:२१

सम्राट सिंह/मङ्सिर ४, बझाङ । देशका विभिन्न ठांउमा उम्मेदवार लक्षित आक्रमणका घटनाहरु बढेसँगै बझाङ प्रहरीले पनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी कार्य तिव्र पारेको छ । 

प्रहरीले बझाङमा रहेका विप्लवका नेता कार्यकर्ताका घर तथा डेरामा खानतलासी समेत गरेको छ । यसै क्रममा वित्थड चिर गांउपालिकाका एक जना विप्लव समर्थक कार्यकर्ता हरिदत्त अवस्थीलाई गिरफ्तार समेत गरेको छ । दुइ दिन अघि बझाङ प्रहरीले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य जोग कठायतलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । 

सोमबार विहान र दिउसो जिल्लाभर पहिचान भएका विप्लवका कार्यकर्ताको घर र डेरामा खानतलासी गरे पनि कसैलाई पक्राउ गर्न सकेन । प्रहरीले नेकपाका केन्द्रिय सदस्य एवं पुर्व सभासद शंकर खड्का, केन्द्रिय जनपरिषद सल्लाहकार सदस्य धनबहादुर मल्ल, जिल्ला जनपरिषद बझाङका अध्यक्ष चन्द्रजंगबहादुर सिंह, अनेरास्ववियुका पुर्व केन्द्रिय सचिवालय सदस्य भरत मल्लको घरमा पनि खानतलासी गरेको थियो । 

प्रहरी आउनु पुर्व नै सुचना पाएकाले उनिहरु भागिसकेका कारण गिरफ्तार गर्न नसकिएको प्रहरी श्रोतले बताएको छ । विना कुनै अपराध प्रहरीले धरपकड सुरु गरेको भन्दै नेकपाका नेता कार्यकर्ताहरुले आक्रोस पोखेका छन । ‘बझाङमा न कुनै घटना भएको छ न हाम्रो त्यस्तो केही योजना छ ’ जिल्ला जनपरिषद अध्यक्ष चन्द्रजंगबहादुर सिंहले भने ‘राज्यले हतास मानसिकताका साथ हामी माथी दमन गरिरहेको छ’

यस्तै विद्यार्थी नेता भरत मल्लले पनि राज्यले विनाकारण दमन गरे आफुहरु प्रतिकारमा उत्रिन बाध्य हुने बताएका छन । उनले भने ‘घर भित्र पसेर विना कारण प्रहरीले ज्यादती सुरु गरेको छ । यस्तो हर्कत जारी रहे हामी प्रतिकार गर्न बाध्य हुनेछौ’ 

यता प्रहरी नायब उपरिक्षक क्रृषिराम कंडेलले केन्द्रिय निर्देशन बमोजिम नै विप्लव कार्यकर्ताको खोजी प्रहरीले गरी रहेको बताए । ‘निर्वाचनमा सुरक्षा खतरा देखिएका कारण हामीले जिल्ला भर खोजी अभियान सुरु गरेका छौ । यो केन्द्रको निर्देशन अनुसार गरिएको कारवाही हो’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन