१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुबाको किरिया बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ

५ मंसिर २०७४, मंगलवार ०२:२५

मङ्सिर ५, बैतडी । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

बुबाको निधनमा किरिया बस्नुभएका जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उहाँका भाइ अनिरुद्र जोशीले जानकारी दिनुभयो तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ । 

प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका छजना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते