२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलले भने- ‘बाबुराम भट्टराईलाई जिताउनुहोस’

५ मंसिर २०७४, मंगलवार ०६:३४

मङ्सिर ५, गोरखा । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो । 

नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उहाँले नेपालमा संसदीय व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै काँग्रेसले बहुमतसहितको सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो । 

पौडेलले भन्नुभयो, “अधिनायकवाद र लोकतन्त्रबीचको लडाइँ देखिन्छ । अधिनायकवादमा फस्ने कि लोकतन्त्रमा रमाउने भन्ने निर्वाचनबाट टुंगो लाग्छ ।” 

गोरखा–२ का उम्मेदवार तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिका लागि आफूलाई जिताएर पठाउन आग्रह गर्नुभयो । काँग्रेससँगको सहकार्यले मात्रै शान्ति र संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो । एमाले र माओवादी रूपान्तरण हुन नसकेको उम्मेदवार भटृराईको टिप्पणी थियो । 

काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले गोरखा–२ मा बाबुराम भट्टराईले जितेमा संसद्मा काँग्रेस बलियो शक्ति हुने बताउनुभयो । व्यक्तिगत पीडा भुलेर पार्टीको आह्वानअनुसार भोट दिन आग्रह गर्दै उहाँले संविधान र प्रजातन्त्र बचाउन काँग्रेसका उम्मेदवारले जित्नैपर्ने बताउनुभयो । 

काँग्रेसका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधान निर्माणमा डा भट्टराईले निर्वाह गर्नुभएकोे भूमिका प्रशंसायोग्य छ भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई बिनाहिचकिचाहट भोट दिएर जिताउन आग्रह गर्नुभयो । आमसभामा काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिकी नेत्री करिष्मा मानन्धर, सहिद परिवारका सदस्य दीपक हमाल, काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङ, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, गोरखा–२ प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार प्रकाशचन्द्र दवाडीलगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गनुभएको थियो । 

यस्तै सोमबार नै गोरखाको आरुघाटमा आयोजित चुनावी सभालाई नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराई, काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, गगनकुमार थापा, गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा–१ प्रदेशसभा (ख) का उम्मेदवार राजेन्द्र बजगाईंलगायतले सम्बोधन गर्नुभएको काँग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य