११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायातमा बढी भाडा लिनेलाई कारबाही नगरे मतदान नगर्ने

५ मंसिर २०७४, मंगलवार १२:४५

मङ्सिर ५, काठमाडौँ । देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सांसदको निर्वाचन नजिकिएको छ । 

यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकामा अहिले मत माग्न घर/घर पुगेका नेता, कार्यकर्ताको ध्यान गएको छैन । धेरै ऐन कार्यान्वयन भएको छैन । यसमध्ये एउटा हो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ । 

व्यवस्थापिका–संसद्ले बनाएको ऐन कार्यान्वयन नहुँदा सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त बने पनि सरोकार भएका निकाय मौन छन् । प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुने सांसदको प्रमुख काम कानून निर्माण हो । राष्ट्र सञ्चालनको विधि बनाउन जनताले तिरेको करबाट अर्बौं खर्च गरेर चुनाव हुँदैछ । तर ती सांसदले बनाएको ऐन कार्यान्वयन हुँदैन । कार्यान्वयन नहुँदा मारमा पर्छन् तिनै करदाता जनता । 

सार्वजनिक यातायातलाई नियमन गर्न सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएका प्रावधान मात्र लागू भए पनि यात्रुले सास्ती पाउने थिएनन् । तर यसतर्फ यातायात व्यवस्था विभागको ध्यान जान सकेको छैन । ऐनको दफा १०२ मा सिटभन्दा बढी यात्री राख्न नहुने उल्लेख छ । तर सार्वजनिक यातायातभित्र कोचाकोच यात्रु चढाउँदा पनि नियामक निकायको ध्यान जान सकेको छैन । 

ऐनको कार्यान्वयनको जिम्मेवारी पाएको विभाग कर्मचारी, सवारीसाधनलगायतको अभाव भएको भन्दै पन्छिने गरेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे ऐन र नियमावलीका धेरै बुँदा कार्यान्वयन भएको दाबी गर्नुहुन्छ । “ऐनका कार्यान्वयन हुन नसकेका बुँदा सवारी धनी, व्यवसायी र सरोकार भएका निकायसँग समन्वय गरी कार्यान्वयन गरिन्छ, कानून नमान्नेलाई कानूनअनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो । 

ऐनको दफा १०५ मा टिकट नदिई यात्रा गर्न नहुने व्यवस्था गरिएको छ । तर लामो दूरीका सवारीले टिकट दिए पनि छोटो दूरीमा यात्रा गर्दा टिकट नदिई बढी भाडा लिइन्छ । बढी भाडा लिएर उपभोक्ता हित विपरीत काम गरेको भनी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा गुनासो आउने गरेको छ । 

विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख लक्ष्मण श्रेष्ठ तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाहीस्वरुप जरिवाना गरिए पनि नरोकिएको बताउनुहुन्छ । “उपभोक्ता हित संरक्षण विभागको काम समन्वय गरी उपभोक्ताको हित प्रवद्र्धन गर्ने हो, ऐनअनुसार यातायात सेवा सञ्चालन गर्ने काम यातायात व्यवस्था विभागकै हो, समन्वयका लागि दुई हप्ताअघि विभागमा यातायात व्यवसायीको बैठक डाकी छलफल ग¥यौँ, यसलाई पुनः निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो । 

विभागले ऐनमा उल्लेख भएअनुसार टिकट दिने र ठाउँ ठाउँमा तोकिएको भाडादर एवम् दूरीको सूचना सार्वजनिक गर्ने हो भने बढी भाडा लिने समस्या समाधान हुने उपभोक्ता अधिकारवादीको भनाइ छ । लामो समयदेखि यातायात सुधारका लागि अभियान चलाउँदै आउनुभएका रामबहादुर थापा जिम्मेवार निकायको वेवास्ताले कानून कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । 

मंसिर १ गते बाला चतुर्दशीका दिन बिहान गौशालाबाट रत्नपार्क आउँदै गरेको बा३ख ६१७२ नंको सिटी यातायातमा चढ्नुभएकी कलंकीकी रविना अधिकारीसँग परिचालकले रु २० भाडा मागे । सधैँ रु १५ तिरिरहेकी छु आज किन रु २० भने पनि परिचालकले रु २० ठटाएरै छोडे । “ऐन कानून बनाउने अधिकार पाउन नेता अहिले घर दैलोमा छन्, तर अढाइ दशकअघि बनेको यातायात ऐन र नियम कार्यान्वयन नहुँदा हामीले सार्वजनिक यातायातमा सास्ती खेप्नु परेको छ, अब कानून कार्यान्वयन नगर्ने नेतालाई मत दिइन्नँ”, उहाँले भन्नुभयो । 

सार्वजनिक यातायातमा हुने यो प्रतिनिधि घटना मात्र हो । यस्ता ठगी पलपलमा भइरहेको हुुन्छ । चाडबाडको अवसर पारेर त परिचालकले सक्दो ठग्ने गरेका छन् । त्यो रुटमा नयाँ यात्रु आए परिचालकले सकेजति भाडा उठाउँछन् । यो समस्याको समाधान दूरी उल्लेख गरेको टिकट नै भएको उपभोक्तावादीको भनाइ छ । 

गौशालादेखि रत्नपार्कको दूरी चार किमी पनि छैन । सरकारले यहाँ तोकेको भाडा रु १३ मात्र हो । नागरिक न्यायिक मञ्चका अध्यक्ष सहदेव गौतम रु १३ भाडा तोकिएको स्थान रु १५ र रु १८ भाडा तोकेकामा रु २० नै लिने गरेको बताउनुहुन्छ । “१५ जनाका लागि सिट छ भने कम्तीमा पनि ३० जना यात्रु कोच्छन्, सिटभन्दा बढी मानिस राख्ने र तोकिएभन्दा पनि बढी भाडा लिने गरेर यातायात व्यवसायीले दोहोरो ठगी गरेका छन्”, उहाँले भन्नुभयो । 

परिचालकले सरकारले तोकेभन्दा बढी भाडा लिए उपभोक्ता हित संरक्षण विभागको निःशुल्क टेलिफोन नं ११३७ मा उजुरी गर्न सक्ने व्यवस्था गरिएको सूचना अधिकारी निरज पौडेलले बताउनुभयो । पूर्णप्रसाद मिश्र/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी