२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपाल र सुखी नेपालका लागि वामपन्थी गठबन्धन: ओली

२०७४, ५ मंसिर मंगलवार १२:५९

मङ्सिर ५, चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । 

संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । 

वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उहाँले भन्नुभयो, “वामपन्थीको सरकार बन्छ÷बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै उहाँले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो “तमसुक गरेर सरकार चलाउने समय अब गयो ।” निर्वाचनअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उहाँले निर्वाचनलगत्तै पार्टी एकीकरण हुने बताउनुभयो । 

अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उहाँले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गर्नुभयो । उहाँले वाम गठबन्धनका उम्मेवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तरले विजयी गराउन आग्रह गर्नुभयो । 

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभयो । विकास र समृद्धिको नयाँ यात्रामा आफूहरू अघि बढेको भन्दै उहाँले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको चर्चा गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताउनुभयो । माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेशी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसविरुद्ध वाम गठबन्धन रहने बताउनुभयो । 

कार्यक्रमलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललगायतले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको पहिलो खण्डमा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सम्पूर्ण वक्ताहरूले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । निकै पीडामा देखिनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोल्नुभएन । 

कार्यक्रममा दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा रहुञ्जेल सीता दाहाल एकोहोरो भक्कानिएर रोइरहनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन