२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपाल र सुखी नेपालका लागि वामपन्थी गठबन्धन: ओली

५ मंसिर २०७४, मंगलवार १२:५९

मङ्सिर ५, चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । 

संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । 

वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उहाँले भन्नुभयो, “वामपन्थीको सरकार बन्छ÷बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै उहाँले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो “तमसुक गरेर सरकार चलाउने समय अब गयो ।” निर्वाचनअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उहाँले निर्वाचनलगत्तै पार्टी एकीकरण हुने बताउनुभयो । 

अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उहाँले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गर्नुभयो । उहाँले वाम गठबन्धनका उम्मेवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तरले विजयी गराउन आग्रह गर्नुभयो । 

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभयो । विकास र समृद्धिको नयाँ यात्रामा आफूहरू अघि बढेको भन्दै उहाँले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको चर्चा गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताउनुभयो । माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेशी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसविरुद्ध वाम गठबन्धन रहने बताउनुभयो । 

कार्यक्रमलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललगायतले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको पहिलो खण्डमा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सम्पूर्ण वक्ताहरूले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । निकै पीडामा देखिनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोल्नुभएन । 

कार्यक्रममा दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा रहुञ्जेल सीता दाहाल एकोहोरो भक्कानिएर रोइरहनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य