२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्द्र भण्डारीको गाउँमा प्रदिप ज्ञवालीलाई भव्य स्वागत

२०७४, ६ मंसिर बुधबार ०३:४४

मङ्सिर ६, गुल्मी । कुनै समय थियो  कुनै एक दलको प्रभाव रहेको ठाउँमा अर्को दलको नेतालाई चुनावताका र्छिन नदिने तर अहिले त्यस्तो कतै छैन् । मतदानमा विवेक उनै जनताको भए पनि विपक्षी राजनैतिक दलका अगुवाहरुले विपक्षी दलको नेता, उमेदवारलाई पनि टोल टोलमा उभिएर स्वागत गर्ने गरेका छन र आफ्ना समस्या राख्ने गरेका छन् । यहि उदाहरण दिए  मंगलबार हुँगाका वासीन्दाले पनि । 

एमाले नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवाली पल्लीकोटको गेटबाट छिरे देखि नै, को कांग्रेस को एमाले वा माओवादी भन्ने थिएन् । टोल टालेमा हातमा फुलमाला र अविर लिएर उभिएका थिए हुँगाका वासीन्दाहरु ।

नेता ज्ञवालीलाई माला पहिराउँदै  हुँगाका नरायण भण्डारी  चौरासी पुजा गरी सकेकोले आफुले असत्य नवोल्नै भन्दै भने–‘तपाई यो जिल्लाको मात्र होईन यो देशकै लागि जित्नु पर्ने मान्छे हो , यहाँलाई हुँगामा हृदय देखि  स्वागत छ ।’ 

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका र हाल बुढौली लागेको बताउने अर्का बृद्धद्धयः पुनाराम न्यौपाने र भक्तीराम भण्डारी अव आमाको गर्भमा छँदै देखि  कुनै राजनीति दलको कार्यकर्ता हुनु पर्ने जमना गएको बताउँ छन् । 

कांग्रेस  संग असन्तुष्ट रहेकोले होला उनिहरुले  यसरी झटारो हाने–‘ सेतै फुल्ने बेला सम्म यहि हुँगामा कांग्रेसलाई मान्दै आईयो, चन्द्र भण्डारी र फाणिन्द्र भण्डारी जस्ता नेता पनि हामीले बनाईयो तर खै हाम्ले के पायौं ? हेर्नु भयो आउने बेलामा ?  हुँगा छिर्ने पल्लीकोटको गेट भारतिय भुपु शैनिकले बनाई दिए तर  त्यसैको तल मोटरबाटाको हविगत कस्तो छ ? ’

बृद्धद्धयले ७० वर्षको नेटो काटी सके पछि गत स्थानिय तहको निर्वाचन अघि देखि सम्म  कांग्रेसको नाडी छामियो भन्दै त्यस पछि कम्युनिष्टमा एमालेलाई रोजेको बताए । हुँगा दमारकै सरस्वती भण्डारी भन्छिन –‘मेरो पालामा जति विकास कहिल्लै भएन भन्ने हाम्रा गाउँका सांसद चन्द्र भण्डारीले मेरा टोल दमारामा  गोरु हिड्ने बाटो पनि बन्न सकेको छैन  । अन्तत के गर्नु भयो थाह छैन । ’ 

उनकै गाउँकी मिना रजालीले भन्दै थिईन यहाँका सवै संग सोध्नुस यो गाउँमा सवै भन्दा गरिव मै हुँ । हाम्रै गाउँका नेता चन्द्र भण्डारीले सारा ठाउँका गरिवका छोरा छोरी आफैले पढाई दिएको समाचार सुन्छु तर आफ्नै गाउँका मेरा छोरा छोरीले  छात्रवृत्ति सम्म पाएका छैनन्  ।  

हुँगाको ठुलापोखरामा भएको स्वागत कार्यक्रममा कांग्रेसका क्रियाशिल अगुवाहरु र चन्द्र भण्डारीका प्रशांसकहरु भने सहभागी त्यहाँ नभएर होला नेता भण्डारीले गरेको विकास निमार्णको चर्चा भने त्यहाँ  गरिएन् । त्यसो त प्रदिपकुमार ज्ञवालीको गाउँ वलेटक्सारमा पनि चन्द्र भण्डारीलाई स्वागत गरिन्छ र कतै प्रशांसक त कतै आलोचक  भई नै हाल्छन् । 

विगतमा कांग्रेसजन मध्ये चन्द्र भण्डारी संग असन्तुष्ट भएर हो कि नेता भण्डारीको आलोचनामा समय बढि खर्चेका थिए । सहभागीहरुलाई सम्वोधन गर्दै उमेदावर ज्ञवालीले आफुले गर्न नसक्ने सपना बाँड्न नआएको जे गरेरै देखउन सक्छ  वामगठन्धनले त्यही एजेण्डा लिएर जनता सामु आएको बताएका थिए । सन्ध्या बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन