मङ्सिर ६, काठमाडौँ | आगामी निर्वाचनको लागि सेनालाई निर्वाचनको तेश्रो घेरामा राख्नेगरि तयारी सुरु भएको छ । सुरक्षा चुनौती बढ्दै गएको र निर्वाचनको दिन हुन सक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, काठमाडौँ | आगामी निर्वाचनको लागि सेनालाई निर्वाचनको तेश्रो घेरामा राख्नेगरि तयारी सुरु भएको छ । सुरक्षा चुनौती बढ्दै गएको र निर्वाचनको दिन हुन सक्"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा चुनौती बढ्दै गएपछि निर्वाचनको तेस्रो घेरामा सेना रहने, यस्तो छ तयारी

६ मंसिर २०७४, बुधबार ०४:००

मङ्सिर ६, काठमाडौँ | आगामी निर्वाचनको लागि सेनालाई निर्वाचनको तेश्रो घेरामा राख्नेगरि तयारी सुरु भएको छ । सुरक्षा चुनौती बढ्दै गएको र निर्वाचनको दिन हुन सक्ने घटनालाई मध्ये नजर गर्दै निर्वाचनको तेस्रो घेरामा रहने सेनालाई सुरक्षा संयन्त्रको नेतृत्व दिने तयारी सुरु गरिएको हो । 

मङ्सिर १० र २१ गते हुन गईरहेको निर्वाचनमा हिंसात्मक घटना वृद्धि भएपछि सुरक्षा योजनामा केही फेरबदलसमेत गर्न लागिएको छ । नेपाली सेनालाई थप सक्रिय बनाउने तयारी भएको छ । अब फेरबदल हुने संयन्त्रमा संयुक्त गस्तीको सेनाले नेतृत्व गर्ने भएको छ ।

यस अघि स्थानीय तह निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना खटिएका थिए । तीनवटै सुरक्षा निकायबीच समन्वय रहे पनि गस्ती भने अलग–अलग नै थियो । निर्वाचन आयोगले समेत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सेनाको नेतृत्वमा संयुक्त गस्ती परिचालन हुने जानकारी दिएको छ । सुरक्षा निकायबीच सूचना संकलन तथा आदानप्रदान, सहकार्य र समन्वय प्रभावकारी ढंगले गर्न आवश्यक रहेको निष्कर्ष समेत निकालिएको छ ।

सडक सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने निष्कर्षमा सुरक्षा निकायका अधिकारी पुगेका छन् । एम्बुस राखेर गराइएका हिंसात्मक घटना रोक्न र विस्फोटक सामग्रीको ओसारपसार नियन्त्रणका लागि राजमार्ग, नाका र सहायक बाटाहरूमा सुरक्षा व्यवस्था बढाइने जनाइएको छ । विशेष सुरक्षा योजना बनाउने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते