२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी

६ मंसिर २०७४, बुधबार ०८:४२

मंसिर ६, खोटाङ । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी । 

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुन्न तम्तयार भएर बसेका छन् । उता, निर्वाचन आयोग तथा स्थानीय प्रशासन सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सु–व्यवस्थित र शान्तिपूर्वक हुनेमा ढुक्क देखिन्छन् । 

कुल एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र कायम गरेको छ भने प्रदेशसभाका लागि दुई क्षेत्र । यसअघि भएका संसदीय निर्वाचनमा भने खोटाङका दुई क्षेत्रबाट दुईजना सांसद चुनिने व्यवस्था थियो । 

निर्वाचनको दिन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आफ्नो अन्तिम चुनाव प्रचारप्रसारका क्रममा ग्रामीण भेगतिरै केन्द्रित भएका छन् । 

बाहिरबाट हेर्दा शान्त नै देखिएको यस जिल्लाको वस्तुस्थिति कस्तो छ र निर्वाचनको तयारी के कसरी भइरहेको छ, शान्ति सुरक्षाको स्थिति कस्तो छ भनी प्रश्न गर्दा खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो, “जिल्लामा निर्वाचनको पूर्ण तयारी भइसकेको छ । कर्मचारी तथा सुरक्षाकर्मी खटाउने काम भई मतपत्र तथा मतपेटिका सम्बन्धित केन्द्रमा पुग्न थालेका छन् ।” 

उहाँले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत रहेको र जिल्लास्थित दलहरुको आपसी संयमले हालसम्म कुनै अप्रिय घटना नभएको बताउँदै मतदान शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

प्रजिअ अधिकारीले दुर्गमस्थानका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य भने चुनौतिपूर्ण हुने र हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले कर्मचारी, मतपत्र र मतपेटिका मतदान केन्द्रमा पठाउने कार्य भइरहेको र यथासमयमा पुग्ने बताउनुभयो । 

जिल्लाका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जिल्लामा सुरक्षा व्यवस्था मजबुत रहेको र सुरक्षाकर्मी मतदान केन्द्रमा खटाइसकिएको जानकारी दिनुभयो । 

जिल्लामा ४६० नेपाली सेना, ३१९ सशस्त्र प्रहरी, ८२६ नेपाल प्रहरी र ९८२ म्यादी प्रहरी गरी कुल दुई हजार ५८७ सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अधिकारीकाअनुसार जिल्लामा कुल १३६ मतदानस्थलका १७९ मतदान केन्द्रमा एक हजार ४३२ कर्मचारी खटाइएको छ । 

सशस्त्र प्रहरी जिल्लाका दशवटै स्थानीय तहका १२ ठाउँमा खटाइएको छ । नेपाली सेना भने, जिल्लाका दश स्थानीय तहमा ३३ जनाका दरले ३३० जना खटाइएको प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लाका २८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको छ । 

जिल्लाका दश स्थानीय तहमध्ये दुई मात्र नगरपालिका रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ रहेका छन् । प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाको दुई सिटमा जिल्लामा क्रियाशील दश राजनीतिक दलबाट १९ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई तथा नेपाली काँग्रेसबाट पूर्व सांसद सरस्वती बजिमय प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 

प्रतिस्पर्धी अन्य दलमा संघीय समाजवादी फोरम नेपालबाट कृष्णकुमार राई, नयाँ शक्ति नेपालबाट मदन राई र राप्रपा (प्रजातान्त्रिक)बाट धर्मराज पोखरेल उम्मेदवार हुनुहुन्छ । 

प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राई क्षेत्र नम्बर १ (क) र क्षेत्र नम्बर २ (ख)मा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व सभाषद रामकुमार राई (पासाङ) उम्मेदवार हुनुहुन्छ भने, नेपाली काँग्रेसबाट (क) मा सुवासकुमार पोखरेल र (ख)मा विष्णुकुमार राई रहनुभएको छ । 

स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्रले एक तहमा जित हासिल गरेको थियो । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेदवार र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की