२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा काँग्रेस नेताको घरमा राखिएका बम निष्क्रिय पारियो

२०७४, ६ मंसिर बुधबार ०८:४६

मङ्सिर ६, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ । 

काँग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । 

आज शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १ ले चुनावी सभा आयोजना गरेको र त्यहाँ काँग्रेसका उम्मेदवार डा रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले बम राखेको हुनसक्ने अनुमान गरिएको छ । 

बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भए पनि निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । काँग्रेसका उम्मेदवार डा महतलाई लक्ष्य गरी बम विस्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँचजना घाइते भएका थियो । 

यस्तै, आज बम राखिएको घरधनी थापालाई पनि शिवपुरी गाउँपालिका–४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुङ्श प्रवृत्ति अपनाएको भन्दै नेकपा विप्लव समूहले गत भदौ ३१ गते मोसो दलेर दुव्र्यबहार गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन