२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको लागि महिलाहरुको बेग्लै गठबन्धन !

६ मंसिर २०७४, बुधबार १४:०२

प्रेम सुनार | मङ्सिर ६, गुल्मी | महिलालाई चुलो चौकसबाट वाहिर निकाल्ने   र नारी मुक्तिको आन्दालोन  छे्ड्ने यो देशका कम्युनिष्टहरु नै हुन भन्दै गुल्मी जिल्लाभर टोल स्तर सम्म वामगठबन्धन जिताउ अभियानमा  महिलाहरुले गठबन्धन बनाउन सुरु गरेको बताएका छन्।  

यसको सुरुवात आज देखि मुसिकोट नगरपालिका वडा नम्वर १ वाट गरिएको छ । यसको  पहिलो अभियान्ता बनेकी छन् मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्मा  । उनले मुसिकोट नगरपालिकाको वडा नम्वर १ पौदीअमराईका सयौ महिलालाई सम्वोधन गर्दै आज देखि वामगठबन्धन जिताऔं अभियान छेडिएको उद्घोष गरिन् ।


पौदी अमराईकी बृद्धा मनकला खरेलको अध्यक्षतामा १ सय ३० सदस्यीय महिला गठबन्धन गठन गएिको छ ।   महिला गठबन्धनलाई सम्वोधन गर्दै उपमेयर शर्मले भनिन् –‘हामी महिलाहरुलाई खाली धर्मकर्मको कुरा गर्ने , पुरुष आश्रितमहिलाहरु  हुन भन्ने सोच सिर्जना गराउने र सेवक वनाउने पुरातनवादी सोच–विचारको दमनमा परेर चुलो चौकस मै सिमित थियौं  तर जव यो देशमा कम्युनिष्टहरुले नारी मुक्तिको आन्दोलन छेड्न सुरु गरे तव देखि विस्तारै हामीले मुक्ति पाउन थालेका हौ ।’

उनले थपिन–‘दश वर्षे जन युद्ध छेडेर चुलो देखि युद्ध मैदान सम्म पुराउने कम्युनिष्ट हुन् । यो देशमा महिलालाई राष्ट्रपति देखि सभामुख सम्म बनाउने पनि कम्युनिष्टहरु हुन् ।  संघियता र समावेशीका लागि लड्ने पनि कम्युनिष्टहरु हुन् जसका कारण आज हामी राज्यको सवै अंगमा अनिवार्य भएका छौं अव महिलाले आफुहरुका मुक्तिदाता कम्युनिष्ट रोज्नु  वाहेक अरु हुन सक्दैन्  ।’

   पौदीअमराईकी अगुवा महिला गंगा श्रेष्ठले अझै पनि पुरातनवादी सोचको जरा काट्न सकिएको  भन्दै   त्यो सोच जरै देखि उखेल्नका लागि पनि वामपन्थीहरुलाई जिताउन जरुरी भएको वताईन्  । यता  क्षेत्र नम्वर १ मा पनि वामगठबन्धन जिताउ अभियानका लागि महिलाहरुले गठबन्धन गर्न लागेको वामगठबन्धनकी समानुपतिक उमेदवार तथा माओवादी केन्द्रकी नेतृ गीता थापाले जानकारी दिईन् ।  उनले  आज रुरु गाउँपालिकाबाट सुरु भएको बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…