१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा वाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

६ मंसिर २०७४, बुधबार १५:१७

सम्राट सिंह/मङ्सिर ६, बझाङ । निर्वाचन नजिकिदै गर्दा बामगठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बामगठबन्धनले क्षेत्र नम्बर १ अथवा (क) क्षेत्रका सम्पूर्ण अगुवा कार्यकर्तालाई चैनपुरमा बोलाई आज निर्वाचन सम्बन्धि प्रशिक्षण दिएको हो । 

नेकपा एमाले तथा माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला भएको उक्त प्रशिक्षण कार्यक्रममा आउँदै गरेको निर्वाचनमा कसरी बढिभन्दा बढी मत आफ्नो पक्षमा खसाली बामगठबन्धनका उम्मेदवारलाई विजयी बनाउने भन्ने बारे प्रशिक्षण दिएको बामगठबन्धनले जनाएको छ ।  

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खडका, पूर्व बनमन्त्री तथा नेकपा एमालेका नेता भानुभक्त जोशी, नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य देवराज रेग्मी, बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार भैरव सिंह, प्रदेश सभा (क) उम्मेदवार अर्जुन थापा,पूर्व सांसद मान प्रसाद खत्री, जनक बुढा, अफिलाल ओखेडा, नेकपा एमालेका नेता बिरेन्द्र भण्डारी र अनेरास्वियूका केन्द्रिय महासचिव ऐन बहादुर महर, वाइसिल नेपालका केन्द्रिय उपाध्यक्ष रतन बहादुर सिंह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा बझाङ जिल्लाको प्रतिनिधि सभाका बामगठबन्धनका उम्मेदवार भैरव बहादुर सिंह १४ हजार, क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुन थापा ७ हजार र  क्षेत्र नम्बर २ का उम्मेदवार देवकी मल्ल ७ हजार मतान्तरले विजयी हुने पूर्व सांसद मानप्रसाद खत्रीले बताए ।    



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु