२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा प्रतिनिधि सभामा र दुवै प्रदेश सभामा भारी मतान्तरले जित्ने बामगठबन्धनको दावी

२०७४, ६ मंसिर बुधबार १५:३५

सम्राट सिंह/मङ्सिर ६, बझाङ । नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बझाङ जिल्लाको एक प्रतिनिधि सभामा १४ हजार र दुवै प्रदेश सभामा कम्तिमा ७ हजार मतान्तरले बामगठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन ।

बामगठबन्धनका नेताहरुले २०७० सालको निर्वाचन र भर्खरै सम्पन्न भएको स्थानिय निर्वाचनलाई आधार मानेर नेपाली काँग्रेसका उम्मेदवारहरु भारी मतले पराजित हुने दावि गरेका हुन । 

बझाङ जिल्लामा टिकट वितरण पछि बामगठबन्धन का केहि नेताहरु रुष्ट भएपनि अन्तिम अवस्थामा आएर रुष्ट भएका नेताहरुपनि चुनाव प्रचार प्रसारमा सक्रिय देखिएकाले जिल्लामा रहेको १ वटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने पूर्व सांसद लाल बहादुर रावलले बताए । 

उनले भने जिल्लाको क्षेत्र नम्बर २ अथवा (ख) मा २०७० सालको निर्वाचनमा एक्लै एमाले विजयी भएको ठाउँमा अहिले माओवादीको मत थपिएकाले धेरै मतान्तरले बामगठबन्धनका उम्मेदवारहरु विजयी हुनेमा शंका छैन । 

स्थानिय निर्वाचनमा प्रतिनिधि सभामा १५ हजार माथी र दुवै प्रदेश सभामा साढे ७ हजार माथी बाम गठबन्धनको मत बढी रहेको छ । बामगठबन्धले जिल्लाका विभिन्न ठाउँमा आम सभा सुचारु गरिहेको छ भने काँग्रेसले आमसभा नगरेर घरदैलो अभियान सुरु गरेको छ ।


बामगठबन्धनले भारी मतले विजयी हुने दावी गरिरहेका बेला नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार पृथ्वी बहादुर सिंहले स्थानिय निर्वाचनलाई आधार मानी बाम गठबन्धनका नेताहरुले हचुवाकोे भरमा जीत्ने दावी गरेको बताउँदै जिल्लाका ३ वटै ठाउँमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी हुने दावी गरेका छन । 

बझाङमा बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेता भैरव बहादुर सिंह, प्रदेश सभा (क) मा नेता अर्जुन थापा र प्रदेश सभा (ख) मा नेतृ देवकी मल्ल थापा चुनावी मैदानमा उत्रेका छन भने नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा नेता पृथ्वी बहादुर सिंह,प्रदेश सभा (क) मा पूर्व सांसद चन्द्रा देवि जोशी र प्रदेश सभा (ख)मा नेता नरेस बहादुर सिंह चुनावी मैदानमा उत्रेका छन । 


बझाङ जिल्लाका बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार भैरव बहादुर सिंह र प्रदेश सभा (क) का उम्मेदवार अर्जुन बहादुर थापा र प्रदेश सभा (ख) का उम्मेदवार देवकी मल्ल (थापा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा