१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा प्रतिनिधि सभामा र दुवै प्रदेश सभामा भारी मतान्तरले जित्ने बामगठबन्धनको दावी

६ मंसिर २०७४, बुधबार १५:३५

सम्राट सिंह/मङ्सिर ६, बझाङ । नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बझाङ जिल्लाको एक प्रतिनिधि सभामा १४ हजार र दुवै प्रदेश सभामा कम्तिमा ७ हजार मतान्तरले बामगठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन ।

बामगठबन्धनका नेताहरुले २०७० सालको निर्वाचन र भर्खरै सम्पन्न भएको स्थानिय निर्वाचनलाई आधार मानेर नेपाली काँग्रेसका उम्मेदवारहरु भारी मतले पराजित हुने दावि गरेका हुन । 

बझाङ जिल्लामा टिकट वितरण पछि बामगठबन्धन का केहि नेताहरु रुष्ट भएपनि अन्तिम अवस्थामा आएर रुष्ट भएका नेताहरुपनि चुनाव प्रचार प्रसारमा सक्रिय देखिएकाले जिल्लामा रहेको १ वटा प्रतिनिधि सभा र २ वटा प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने पूर्व सांसद लाल बहादुर रावलले बताए । 

उनले भने जिल्लाको क्षेत्र नम्बर २ अथवा (ख) मा २०७० सालको निर्वाचनमा एक्लै एमाले विजयी भएको ठाउँमा अहिले माओवादीको मत थपिएकाले धेरै मतान्तरले बामगठबन्धनका उम्मेदवारहरु विजयी हुनेमा शंका छैन । 

स्थानिय निर्वाचनमा प्रतिनिधि सभामा १५ हजार माथी र दुवै प्रदेश सभामा साढे ७ हजार माथी बाम गठबन्धनको मत बढी रहेको छ । बामगठबन्धले जिल्लाका विभिन्न ठाउँमा आम सभा सुचारु गरिहेको छ भने काँग्रेसले आमसभा नगरेर घरदैलो अभियान सुरु गरेको छ ।


बामगठबन्धनले भारी मतले विजयी हुने दावी गरिरहेका बेला नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार पृथ्वी बहादुर सिंहले स्थानिय निर्वाचनलाई आधार मानी बाम गठबन्धनका नेताहरुले हचुवाकोे भरमा जीत्ने दावी गरेको बताउँदै जिल्लाका ३ वटै ठाउँमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी हुने दावी गरेका छन । 

बझाङमा बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेता भैरव बहादुर सिंह, प्रदेश सभा (क) मा नेता अर्जुन थापा र प्रदेश सभा (ख) मा नेतृ देवकी मल्ल थापा चुनावी मैदानमा उत्रेका छन भने नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा नेता पृथ्वी बहादुर सिंह,प्रदेश सभा (क) मा पूर्व सांसद चन्द्रा देवि जोशी र प्रदेश सभा (ख)मा नेता नरेस बहादुर सिंह चुनावी मैदानमा उत्रेका छन । 


बझाङ जिल्लाका बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार भैरव बहादुर सिंह र प्रदेश सभा (क) का उम्मेदवार अर्जुन बहादुर थापा र प्रदेश सभा (ख) का उम्मेदवार देवकी मल्ल (थापा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु