१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

७ मंसिर २०७४, बिहीबार ०३:३४

मङ्सिर ७, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् । 

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा दीपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रलाई ५० श्ययाको अस्पताल बनाउने एजेण्डा अघि सार्नुभएको हो । वाम गठबन्धनको सबै स्थानीय तहमा ५० श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा छ । 

काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले पनि स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा अघि सार्नुभएको छ । उहाँ २०५६ देखि निरन्तर यस क्षेत्रको सांसद रहँदै आउनुभएको छ । 

पचास हजार जनसंख्या रहेको दोधारा चाँदनी अहिले माहाकाली नगरपालिका बनेको छ । यहाँ २२ हजार ३१५ मतदाता छन् । कञ्चनपुर क्षेत्र नं ३ को जितमा माहाकाली निर्णायक हुने भएकाले दुवै उम्मेदवारमा मत तान्ने प्रतिस्पर्धा बढेको छ । 

उम्मेदवार लेखकले स्वास्थ्य केन्द्रको स्तरोन्नतिबाहेक महाकाली पुल, सुख्खा बन्दरगाह र नदी नियन्त्रणलाई पनि चुनावी एजेण्डा बनाउनुभएको छ । 

अर्का उम्मेदवार भट्टले महाकालीमा पुल, सुख्खा बन्दरगाह, तटबन्ध निर्माणसहित दोधारा चाँदनीमा माला आकारको चक्रपथ निर्माण, सिँचाइ सुविधा, विद्युतीकरण, सडक कालोपत्रे, प्राविधिक शिक्षालय स्थापनालगायतका चुनावी एजेण्डा बनाउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु