१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीति दलदेखि कर्मचारीसम्म

७ मंसिर २०७४, बिहीबार ०६:५८

मङ्सिर ७, चरिकोट । दोलखाका राजनीतिक दलले पनि आचारसंहिता उल्लंघन गरेका गुनासो बढेको छ । 

निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकाम चरिकोटमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो आए पनि स्थानीय प्रशासनले हटाउन सकेको छैन । 

पार्टीका उम्मेदवारले आचारसंहिता पालनामा चासो नदेखाए पनि स्थानीय प्रशासनले पनि आचारसंहिता उल्लंघन गर्न सहयोग गरिरहेको स्थानीय बासिन्दाको आरोप छ । चरिकोटको सातदोबाटोचोकदेखि नेपाली काँग्रेसको पार्टी कार्यालयसम्म लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र माले पार्टीको प्रचार सामग्री झुण्ड्याइएका छन् । स्थानीय प्रशासनले सम्बद्ध उम्मेदवारका तस्वीरसहित फ्लेक्स ब्यानर, चुनाव चिह्नका झण्डा र पोस्टर अmझैसम्म हटाउन सकेको छैन । 

दोलखाका कर्मचारी नै कुनै दल विशेषसंग आबद्ध भएर निर्वाचनमा सहभागी हुन खोजेपछि जिल्लाको निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गर्न थालिएको छ । कर्मचारी आफैँले निर्वाचनको आचारसंहिता उल्लंघन गर्दा दललाई किन आचारसंहिता उल्लंघन गरेको भनेर सोध्न सक्ने आँटसमेत नभएको स्थानीयको आरोप छ । अहिले जिल्लामा निर्वाचन आचारसंहिता विरोधी गतिविधि बढ्दै गएको छ । 

निर्वाचन अनुगमन समितिका अधिकृत समेत रहनुभएका जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता कैलाश दाहालले कुनै एक पार्टीको मत मागेर फेसबुकमार्फत सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कसैलाई आफूले नछोड्ने बताउनुभयो । 

यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यलयका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्ले आफूलाई यस विषयमा थाहा नभएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु