२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमोर्चाले प्रदिप ज्ञवालीलाई जिताउने शेरबहादुर देउवालाई हराउने

७ मंसिर २०७४, बिहीबार ०७:१३

प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मीमा वामगठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले समेत क्षेत्र नम्वर १ का वामगठबन्धनका साझा उमेदावर प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेपछि ज्ञवालीलाई थप सहज भएको छ । 

जनमोर्चाले आज विज्ञप्ती प्रकाशित गरी  गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीलाई जिताउन भोट हाल्ने र उता डढेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउन भन्दै वामगठबन्धनका उमेदवार खगराज भट्टलाई भोट हाल्ने निर्णय सार्वाजानिक गरे संगै गुल्मी कांग्रेसलाई मात्र होईन, पार्टी सभापति शेरबहादुर  देउवालाई समेत ठुलो झड्का लागेको छ । 

गुल्मीमा साविकको क्षेत्र नम्वर १ र २ मा विगतमा कांग्रेस संग नेकपा एमाले एक्लैले टक्कर गर्दै आई रहेको थियो  र २०७० सालको निर्वाचनमा झिनो मतले पराजित भए वाहेक अरु निर्वाचनमा एमालेका उमेदवारले जित्दै आई रहेका थिए ।

यसपाली माओवादी केन्द्र सहितको वामगठबन्धनका साझा उमेदवार ज्ञवालीलाई राष्ट्रिय जनमोर्चाले समेत मत हाल्ने निर्णय गरे पछि ज्ञवालीले भारी मतले चुनाव जित्ने आंकलन गठबन्धनले गरेको छ । 

डढेलधुरामा पनि यस अघि देउवा संग माओवादी केन्द्रका उमेदवार भट्ट जम्मा २४ मतले पाराजित भएका थिए अहिले वामगठबन्धनमा एमाले  र जनमोर्चाले समेत साध दिए पछि देशका प्रधानमन्त्री एवंख नेपाली कांग्रेस सभापति देउवाले यसपाली भने भारी मतान्तरले हार्ने आंकलन डढेलधुराको राजनैतिक वृत्तमा चर्चा चल्न थालेको बताईएको छ । 

गुल्मीमा प्रदिपकुमार ज्ञवालीलाई समर्थन गर्ने र डढेलधुरामा खगराज भट्टलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीलाई नेता ज्ञवालीले आफ्नो फेशवुकमा पोष्ट गर्दै धन्यवाद दिएका छन् । यस सम्वन्धमा नेता प्रदिपकुमार ज्ञवाली संग सम्पर्क राख्दा वामगठबन्धनलाई थप सहज भएको बताए । 

अहिले राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभाका लागि म आफुलाई समर्थन गरेको छ । ‘प्रदेशका विषयमा पनि छलफल साथीहरुले चलाएको हुनु पर्छ’– ज्ञवालीले भने –‘गुल्मीमा वाम गठबन्धन थप मजवुद भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४