२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमोर्चाले प्रदिप ज्ञवालीलाई जिताउने शेरबहादुर देउवालाई हराउने

२०७४, ७ मंसिर बिहीबार ०७:१३

प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मीमा वामगठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले समेत क्षेत्र नम्वर १ का वामगठबन्धनका साझा उमेदावर प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेपछि ज्ञवालीलाई थप सहज भएको छ । 

जनमोर्चाले आज विज्ञप्ती प्रकाशित गरी  गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीलाई जिताउन भोट हाल्ने र उता डढेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउन भन्दै वामगठबन्धनका उमेदवार खगराज भट्टलाई भोट हाल्ने निर्णय सार्वाजानिक गरे संगै गुल्मी कांग्रेसलाई मात्र होईन, पार्टी सभापति शेरबहादुर  देउवालाई समेत ठुलो झड्का लागेको छ । 

गुल्मीमा साविकको क्षेत्र नम्वर १ र २ मा विगतमा कांग्रेस संग नेकपा एमाले एक्लैले टक्कर गर्दै आई रहेको थियो  र २०७० सालको निर्वाचनमा झिनो मतले पराजित भए वाहेक अरु निर्वाचनमा एमालेका उमेदवारले जित्दै आई रहेका थिए ।

यसपाली माओवादी केन्द्र सहितको वामगठबन्धनका साझा उमेदवार ज्ञवालीलाई राष्ट्रिय जनमोर्चाले समेत मत हाल्ने निर्णय गरे पछि ज्ञवालीले भारी मतले चुनाव जित्ने आंकलन गठबन्धनले गरेको छ । 

डढेलधुरामा पनि यस अघि देउवा संग माओवादी केन्द्रका उमेदवार भट्ट जम्मा २४ मतले पाराजित भएका थिए अहिले वामगठबन्धनमा एमाले  र जनमोर्चाले समेत साध दिए पछि देशका प्रधानमन्त्री एवंख नेपाली कांग्रेस सभापति देउवाले यसपाली भने भारी मतान्तरले हार्ने आंकलन डढेलधुराको राजनैतिक वृत्तमा चर्चा चल्न थालेको बताईएको छ । 

गुल्मीमा प्रदिपकुमार ज्ञवालीलाई समर्थन गर्ने र डढेलधुरामा खगराज भट्टलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीलाई नेता ज्ञवालीले आफ्नो फेशवुकमा पोष्ट गर्दै धन्यवाद दिएका छन् । यस सम्वन्धमा नेता प्रदिपकुमार ज्ञवाली संग सम्पर्क राख्दा वामगठबन्धनलाई थप सहज भएको बताए । 

अहिले राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभाका लागि म आफुलाई समर्थन गरेको छ । ‘प्रदेशका विषयमा पनि छलफल साथीहरुले चलाएको हुनु पर्छ’– ज्ञवालीले भने –‘गुल्मीमा वाम गठबन्धन थप मजवुद भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा