२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब प्रकाश छैनन्, यो देशका सबै युवायुवतीको भविष्यका लागि मेहनत गर्छु: प्रचण्ड

२०७४, ७ मंसिर बिहीबार ११:०८

मङ्सिर ७, काठमाडौं । आइतबार मात्र पुत्र वियोगको पीडा भोगको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुत्र प्रकाशको शोकमा हुँदा साहानुभूति प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् । प्रचण्डको वक्तव्य जस्ताको तस्तै :

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनहरु,

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल(प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितीका लागि म र मेरो परिवार आभारी छौं। हाम्रो पारिवारिक शोकमा तपाईँहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ। पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ। तपाईँहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासंग लड्न धेरै शक्ति मिलेको छ।

यही मंसिर ३ गते आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो। उनी जम्मा ३६ वर्षका थिए। ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो। कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि विदा भए।

म पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो। म भुमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथे, त्यो पनि राती अबेला आउँथे र बिहान झिसमिसेमै हिँडिहाल्थें। उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए। सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो। अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए। अहिले सम्झिँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्। बालकबाट सिधै युवा भए। सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।

केहिले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सिमित गर्न खोजे। तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए। म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भुमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए। उनी अत्यन्त मिडीयामैत्री थिए। प्रविधिमा उनको रुचीमात्र थिएन, दख्खल पनि थियो।

व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देखिरहनुभएकै हो। सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना सफल हुने थिएन।

पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि। शोकको यो घडीमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं। नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणि छौं।

हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्वक समवेदना पायौं। युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यबद्धता र सहानुभुती देखाए। विभिन्न पेशागत, व्यवसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई शान्त्वना दिए। मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र अर्याघाटसम्म स्वतःस्फुर्त रुपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु।

दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै कीर्तिमान देख्यौं। ‘जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ’ भन्ने हाम्रो मान्यता थियो र छ। कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल(क्रान्तिकारी) संगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईँका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए।

प्रकाश अब छैनन्। तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं। यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निश्कर्षमा हामी अझ दृढ भएका छौं। हो, हामी शोकाकुल छौं। तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढि महशुस गरेका छौं।

आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहिमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरु, यो शोकका क्षणमा यहाँहरुले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ। आजको उपस्थितीका लागि म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईँहरुप्रति कृतज्ञता व्यक्त गर्दछु।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष

नेकपा(माओवादी केन्द्र)

७ मंसिर, २०७४

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो