दलसिंह गिरी/मंसिर ७, कालिकोट । प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न कालिकोट आउने २ दिन अघिको हल्ला संगै जिल्लाको प्रशासन निकायले सुरक्षा ब्यवस्था कडा पारेपनि चुनावी कार्यक्रम सभा स्थल नजिकै बम विस्फोट हुदा भागदौड मच्चिएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा विहीबार कालिकोटको कोटवाडा विमानस्थलमा आयोजित चुनावी सभालाई सम्बिधन गर्ने क्रममा कार्यक्रम स्थल नजिकै बम विस्फोट हुदा भागदौड मच्चिएको हो ।
चुनावी सभा संचालन भैरहेका बेला सभा नजिकै बम विस्फोट भएपनि कुनै मानविय क्षेत्री नभएको सभालाई त्रसित गराउनका लागि मात्र अज्ञात समुहले बम विष्फोट गराएको हुन सक्ने सभाको सुरक्षार्थ खटिएको प्रहरी टोलीले जनाएको छ ।