१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम एकताको नाममा देशलाई बर्बाद पार्न खोजियो: देउवा

७ मंसिर २०७४, बिहीबार ११:३१

दलसिंह गिरी/मंसिर ७, कालिकोट । अहिलेका कम्युनिष्टहरुले बाम एकताको नाममा देशलाई बर्बाद पार्न खोजेको नेपाली कांग्रेसका सभापती एवं अहिलेका बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ । 

नेपाली कांग्रेस कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम मान्मदेखि पश्चिम तर्फपर्ने नरहरीनाथ गाउपालिका स्थीत कोटवाडा विमानस्थलमा आयोजित चुनावी आमसभाको सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाउनु भएको हो ।


देशको समृद्धि विकासका लागि अब एकमात्र विकल्प भनेको लोकतान्त्रिक गठबन्धन रहेको बताउनु भएको छ । देशको सार्वभौमताको रक्षाका लागि अब नेपाली जनताहरुले नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह समेत गर्नु भएको छ ।

अहिलेको कम्युनिष्ट शासन ब्यवस्थामा लोकतन्त्रको कुनै स्थान नरहने बताउदै प्रधानमन्त्री देउवाले ‘समृद्धि र लोकतन्त्र विकासका लागि नेपाली कांग्रेस एक प्रमुख शक्तिरहेको बताउनु भएको छ ।

चुनावी सभाको प्रमुखअतिथी रहनु भएका देउवाले  कर्णाली क्षेत्र नेपालमै पछाडी पारिएको क्षेत्र भएकाले यसको विकासका लागि आफुले धेरै प्रयास गरेको बताउनु भएको छ । कालिकोटको एक मात्र विमानस्थल सुनथराली विमान स्थललाई चाडै उडान सुचारु गरेर कालोपत्रे समेत गरिसक्ने प्रतिवद्धता गर्नु भएको छ ।


प्रदेश नं. ६ र ७ मा पर्ने रामारोसन, बडिमालिका पर्यटकिय क्षेत्रको विकास प्रर्बद्धनका लागि बडिमालिका रामारोसन कोटबाडा विमानस्थलमा सडक संजालले जोड्ने गुरुयोजना निर्माण गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनु भएको छ ।

चुनावी आमसभामा नरहरीनाथ गाउपालिका, शान्नीत्रिबेणी गाउपालिका लगायत आसपासका शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु