२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका २७ मतकेन्द्रमा हेलिकोप्टरले पुर्‍याए निर्वाचन सामग्री

२०७४, ७ मंसिर बिहीबार १३:४९

लीलाधर कोइराला/मङ्सिर ७, गोरखा । उत्तरी गोरखाका २७ मतदान केन्द्रमा हेलिकोप्टरबाट मतदान सामग्री लगिएको छ । 

विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो। चुम्नुब्री गाउँपालिकाको २० र धार्चे गाउँपालिकाको ७ मतदान केन्द्रमा मंगलबार नै सामग्री पुर्याइएको छ। मतदान अधिकृत बाहेकका कर्मचारी र सुरक्षाकर्मी भने मंसिर २ गते पैदलै त्यसतर्फ गएका हुन्।

ती केन्द्रमा पुग्न सदरमुकाम गोरखा बजारबाट ३ देखि बढीमा ७ दिनसम्मको पैदलयात्रा गर्नुपर्छ। निर्वाचन सकिएपछि मतपेटिका पनि हेलिकोप्टरबाटै सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए। ‘हेलिकोप्टर मार्फत लैजानुपर्ने सबै ठाउँमा आवश्यक सामग्री पुर्याइसकेका छौं,’ जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले भने।


यस्तै, बुधबार नेपाली सेनाको हेलिकोप्टर मार्फत काशीगाउँ, खोर्लाबेसी, सिर्दीबास, छेकम्पारका मतदान केन्द्रका लागि मतपेटिका, मतपत्र र अन्य सामग्री लगिएको थियो। ‘चुम्नुब्री र धार्चेका सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी साथीहरु पुगिसक्नु भएको छ,’ सापकोटाले भने। 

२८२ मतदान केन्द्र रहेको गोरखामा सुगम क्षेत्रका १३१ मतदान केन्द्रमा बिहीबार निर्वाचन सामग्री लगिएको छ। बिहीबारदेखि जिल्लाका सबै मतदान केन्द्र र स्थलमा खटिएका कर्मचारी आवश्यक सामग्री सहित पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

हेलिकोप्टर मार्फत मतदान सामग्रीको ढुवानीका क्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी, जिल्ला निर्वाचन अधिकारी सापकोटा लगाएको टोलीले त्यहाँका मतदान केन्द्रहरुको निरीक्षण एवं अवलोकन समेत गरेको छ।

मतदान सकिएकपछि मुख्य निर्वाचन अधिकृतको कार्यलय गोरखामा सबै मतपत्र ल्याइनेछ भने मतपत्र राख्ने ठाउँमा सिसिटिभी राखिनेछ। गोरखासहित ३२ जिल्लामा मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा