२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले सार्बजनिक गर्यो प्रदेश ५ को राजधानी

७ मंसिर २०७४, बिहीबार १४:५८

मङ्सिर ५, बुटवल । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले प्रदेश नं. ५ को राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धता जाहेर गरेको छ । 

गठबन्धनले रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन पूर्वाधारलगायत सम्पूर्णरुपले अनुकूल प्रतिबद्धता आज सार्वजनिक गरेको हो । रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले विकासको पूर्वाधार, भौगोलिका र प्रशासनिक अनुकूलतालगायत हिसाबले रुपन्देहीबाहेक अन्यत्र राजधानी बन्ने कुनै सम्भावना नरहेको दाबी गर्नुभयो । 

प्रतिबद्धता पत्रमा विगतमा संसद र सडकको आन्दोलनबाट यस प्रदेशको तराई र पहाडलाई अलग गर्ने षड्यन्त्रलाई सदाका लागि असफल तुल्याएको जनाउँदै अब प्रदेशको राजधानी स्थापना गर्न अनुकूल हुने गरी विभिन्न १२ बुँदामा रणनीतिक आयोजना तथा कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ । 

नेता पौडेलले बुटवल, तिलोत्तमा, सैनामैना र आसपासका क्षेत्रमा जग्गाको प्रबन्ध गरी प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने प्रशासनिक एवं सार्वजनिक सेवाप्रवाहका सरकारी भवन एवं आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । 

प्रतिबद्धता पत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह नगरपालिका र ओमसतिया, रोहेणी, शुद्धोधन, सियारीलगायत गाउँपालिकालाई समेटेर महानगरपालिकामा विकास गरिने र त्यसका लागि सम्बन्धित नगरपालिका, गाउँपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधि सम्मिलित महानगर विकास परिषद् गठन गरिने उल्लेख छ । 

अन्तर्राष्ट्रिय योजनविद्को सहभागितामा महानगरको गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने प्रतिबद्धतासमेत जाहेर गरिएको छ । यसैगरी निर्माणाधीन बुटवल–बेलहिया छ लेन सडकलाई गुणस्तरीय रूपमा शीघ्र सम्पन्न गरी, ठेक्का प्रव्रिmया अघि बढेको बुुटवल–नारायणगढ सडकलाई छ लेनमा स्तरोन्नति गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाउन आफूहरुले नेतृत्व लिने प्रतिबद्धता जनाइएको छ । 

साथै बुटवल–कोहलपुर राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्ने कार्य थालनी गरिनेछ । बुटवल–पोखरा सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी ‘डेडिकेटेड डबल लेन’को बनाइने समेत उल्लेख छ । 

यस्तै त्रिवेणी–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट–बहादुरगन्ज हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गरिनुका साथै बेलवास–बेथरी चार लेन सडक, मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक र बेलवास–नुवाकोट–झुम्सा सडकको निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ । 

‘बृहत् लुम्बिनी चक्रपथ’ 

रूपन्देही, पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तु जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्न बृहत् लुम्बिनी चक्रपथको निर्माण कार्य अघि बढाउनाका साथै बुटवललाई ५ नं प्रदेशका सबै जिल्ला सदरमुकामसँग कम्तीमा ‘डेडिकेटेड दुई लेन’ सडक सञ्जालद्वारा जोडिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । 

यस्तै पूर्वपश्चिम रेलमार्ग र केरुङ–काठमाडाँै–पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव तयार गरी निर्माण कार्य आरम्भ गरिनुका साथै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज, धनगढीलगायतका देशका मुख्य शहर र अन्तर्राष्ट्रिय क्षेत्रमा हवाई सेवा सञ्चालन गरिने छ । 

‘लामो समयसम्म सम्पन्न हुन नसकेको लुम्बिनी गुरुयोजनाको काम निश्चित अवधि तोकेर कार्यान्वयन गर्नुका साथै बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।’ 

प्रतिबद्धतामा भनिएको छ, ‘देशकै महत्वकांक्षी परियोजनाका रुपमा रहेको कालीगण्डकी कोरिडोर सडकको निर्माण कार्य सम्पन्न गरी कोरला–सुनौली सडक सञ्चालनमा ल्याउनुका साथै कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव तयार गरी निर्माण कार्यारम्भ गरी जलविद्युत् उत्पादन, सिँचाइ सेवा विस्तार र पर्यटन प्रवद्र्धन गरिनछ ।’ 

यस्तै बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने तथा बुटवल, तिलोत्तमा, सैनामैनाका साथै समग्र रूपन्देही जिल्लालाई भौतिक तथा मानवीय विकासका दृष्टिले देशकै नमुना बनाइने जनाइएको छ । 

बन्द भएका उद्योग सञ्चालनमा ल्याइने, मोतीपुर औद्योगिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वधार निर्माण गर्ने, बुटवल औद्योगिक क्षेत्रलाई विस्तार गरी आधुनिकीकरण गर्ने प्रतिबद्धता पत्रमा छ । भरत केसी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य