२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङलाई पश्चिम नेपालको केन्द्र बनाउँछु: महरा

८ मंसिर २०७४, शुक्रबार ०९:५६

मङ्सिर ८, तुलसीपुर । दाङलाई पश्चिम नेपालको केन्द्र बनाउन आफू लागिपरेको नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले बताउनुभएको छ । 

रिपोर्टर्स क्लब दाङले आज घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा नेता दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले भन्नुभयो, ‘‘प्रदेश नं ५ को राजधानी दाङमै हुनेछ । दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा विकास गर्नेछु ।’’ 

उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता महराले महराले दाङलाई पर्यटनको ‘हब’का रुपमा विकास गर्न रारासम्म सडक विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।” 

दाङ हरेक हिसाबले सबल जिल्लाका रुपमा रहेको भन्दै उहाँले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा समेत गर्नुभयो । उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले दाङको पत्रकारिता नेपालमै उत्कृष्ट रहेको भन्दै यसलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ