२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङलाई पश्चिम नेपालको केन्द्र बनाउँछु: महरा

२०७४, ८ मंसिर शुक्रबार ०९:५६

मङ्सिर ८, तुलसीपुर । दाङलाई पश्चिम नेपालको केन्द्र बनाउन आफू लागिपरेको नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले बताउनुभएको छ । 

रिपोर्टर्स क्लब दाङले आज घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा नेता दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले भन्नुभयो, ‘‘प्रदेश नं ५ को राजधानी दाङमै हुनेछ । दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा विकास गर्नेछु ।’’ 

उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता महराले महराले दाङलाई पर्यटनको ‘हब’का रुपमा विकास गर्न रारासम्म सडक विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।” 

दाङ हरेक हिसाबले सबल जिल्लाका रुपमा रहेको भन्दै उहाँले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा समेत गर्नुभयो । उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले दाङको पत्रकारिता नेपालमै उत्कृष्ट रहेको भन्दै यसलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प