२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वामको ऐतिहासिक जितलाई कुनै पनि शक्तिले रोक्न सक्दैन: ओली

२०७४, ८ मंसिर शुक्रबार १३:०४

भाष्कर केसी/मंसिर ८, कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामको ऐतिहाँसिक जित कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । शुक्रबार महेन्दनगरमा बामको विशाल चुनावीसभालाई सम्बोधन गर्दै ओलीले वामपन्थीको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो । 

पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशलाई सधै अस्थिरता र अनिर्णयको बन्दी बनिरहेको भन्दै वामले स्थिर सरकार गठन गरेर मुलुकको मुहार फेर्नका लागि वाम तालमेल गरेको बताए । 

‘विकास र सम्बृद्धिका लागि हाम्रो वाम एकता हो, यसलाई कसैले तोड्न र छेक्न सक्दैन्, ‘उनले भने, ‘वाम एकताको विजयलाई समेत दुनियाको कसै शक्तिले पनि रोक्दैन् ।’ 

चुनाव पछि वाम गठबन्धनले सरकार बनाउने भन्दै उनले कसैले ढाल्न नसक्ने सरकार बनाउने उद्घोष गर्नुभयो । ‘हामी संलकल्प सहितको नयाँ सरकार बनाउँछौँ, ‘उनले भने, ‘यो सरकारले जनतालाई माया गर्छ ।’ 

स्वष्ट नीति, नियम कार्ययोजना सहितको मिसन भिजन भएको सरकार बनाउनकै लागि चुनावी तालमेल गरेको ओलीको स्पष्टोक्ती छ । बामपन्थी संग चुनावमा स्पष्ट बहुमत हुँदाहुँदै अरुले लाभ लिएको बताउदै अध्यक्ष ओलीले त्यसैका लागि पनि दुई पार्टी विच एकता हुन फैसला गरेको ओलीको भनाई छ । 


चुनाव पछि पार्टी एकता गरिने बताउदै अध्यक्ष ओलीले चुनावी अघि एकिकरण गर्न नसकिएको बताए । ‘हामी अब नेपालमा एउटै कम्युनिष्ट बनाउने हो, ‘उनले भने, ‘त्यसैको अभ्यास स्वरुप चुनावमा एक भएर अघि बढेका हौँ ।’ 

कम्युनिष्ट सरकारका पालमा बषौँदेखि रोकिएको हुलाकी राजमार्ग, तुईनको ठाँउमा झोलुङ्गेपुल, लगायतका थुप्रै विकास निर्माणमा आयाम थपिएको बताउदै ओलीले महाकाली एकिकृत सम्झौता बिगार्ने प्रकास भएको बताए । कम्युनिष्ट सरकारले मात्रै मुलुको बेरोजगारी, गरिबी, विपन्नता हटाउन सक्ने भन्दै ओलीले अब कम्युनिष्ट सरकारलाई भोट दिन आब्हान समेत गरेका छन् । 

वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा चार चार पटक प्रधानमन्त्री हुँदा समेत सिक्ने बाँच्न नसकेको कटाक्ष गर्दै ओलीले धनगढीमा भखरै घर किन्न सफल भएको ब्याङग्य गरे । काँग्रेसले वामको एकतालाई ख्यालख्यालमा लिएको बताउदै ओलीले एकताका बिरुद्धमा अफवाह भ्रम फैलाईएको बताए । 

‘जसले लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै जेल नेल गरेको छ, ‘उनले भने, ‘उ नै लोकतन्त्र मास्छ, भन्नु लज्जास्पद हो ।’ काँग्रेसलाई अबोध बालकको संज्ञा गर्दै ओलीले काँग्रेस न आफु काम गर्न सक्ने र न अरुलाई गर्न दिने भएको आरोप लगाए । ‘कम्युनिष्टले गरेका काम काँग्रेसले आफुले गरेको भन्दै गलत प्रचार मात्रै गर्छ, ‘अध्यक्ष ओलीले भने, ‘आँच नहुनेले किन सरकारमा जानुप¥यो ।’ 

देशको दिगो विकास र सम्बृद्धिका लागि अवसर दिन समेत उनले आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले पति शोकमा परेकी निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरलाई अत्यधिक मत दिई जिताउन समेत आग्रह गरेका छन् । यस्तै ओलीले वाम कञ्चनपुरका ९ वटै उम्मेदवार जिताउन समेत अनुरोध गरेका छन् । 

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव राम बहादुर थापा(बादल)ले दुवै कम्युनिष्ट मिलेर चुनाव लड्दा काँग्रेस अताल्लिएको बताउदै दुई तिहाई मत ल्याउने दावि गरेका छन् ।

‘अब हामी एउटै कम्युनिष्ट पार्टी निर्माण गछौँ, उनले भने, ‘अस्थिरताको अन्त्य गछौँ ।’ वामको ऐतिहासिक जित हुने भन्दै उनले जितलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे । वामको एकलाई लिएर विपक्षीले दुस्प्रचार गरिहेको बताउदै वामको सरकारले मात्रै जनताको घरमा खुसियाली छाउने बताए । 

पुर्व पश्चिम विद्युतीय रेल निर्माण गरेर बैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेशमै रोजगारी दिने उनको प्रण छ । समाजवादी क्रान्तिको जरुरी रहेको बताउदै उनले अब नेपालमा समाजवादी क्रान्तिलाई कसैले पनि रोक्न नसक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका पुर्व सासद सहित ५ सय बढिले वाममा प्रवेस गरेका छन् । राप्रपा कञ्चनपुरबाट समानुपातिक तर्फका सासद आनन्दी पन्तले रापपा परित्याग गरि नेकपा माओवादीमा प्रवेस गरेका छन् । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका अध्यक्ष बिर बहादुर थापा (पातल)ले राप्रपाका नेता समेत रहेकी पन्तले माओवादीमा प्रवेस गरेको बताए । उनी सहित शक्ति विष्ट लगायतका राप्रपाका नेता कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका हुन् । 

यस्तै कार्यक्रममा काँग्रेस, राप्रपा, जनमोर्चा, फोरम लगायतका पार्टी परित्याग गरि ५सय बढिले वाममा प्रवेस गरेका छन् । कञ्चनपुरबाट वामलाई जिताउनका लागि भन्दै उनीहरुले वाममा प्रवेस गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प