१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसामा नउत्रन वाम गठबन्धनलाई काँग्रेसको आग्रह

९ मंसिर २०७४, शनिबार ०६:३७

मङ्सिर ९, काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन वाम गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ । 

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा काँग्रेसका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोह¥याउन काँग्रेसले माग गरेको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । 

विज्ञप्तिका अनुसार आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ का नेकाका उम्मेदवार विष्णु लामिछाने चढ्नुभएको सवारी साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नं ५ गोजापोखरी नजिक वाम गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको जनाइएको छ । 

साथै ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा नं ३ का नेका चुनाव प्रचारप्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई गएराति वाम गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु