२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसामा नउत्रन वाम गठबन्धनलाई काँग्रेसको आग्रह

२०७४, ९ मंसिर शनिबार ०६:३७

मङ्सिर ९, काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन वाम गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ । 

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा काँग्रेसका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोह¥याउन काँग्रेसले माग गरेको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । 

विज्ञप्तिका अनुसार आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ का नेकाका उम्मेदवार विष्णु लामिछाने चढ्नुभएको सवारी साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नं ५ गोजापोखरी नजिक वाम गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको जनाइएको छ । 

साथै ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा नं ३ का नेका चुनाव प्रचारप्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई गएराति वाम गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर