२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

२०७४, ९ मंसिर शनिबार ०८:०९

मङ्सिर ९, बाँके । मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो । 

प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् । 

संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएका छन् । 

वैधानिक हतियार संकलन 

बाँके जिल्लामा वैधानिक हतियार पूर्णरुपमा संकलन भइसकेको छ । 

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लाभित्र नागरिकसँग लाइसेन्ससहित ५४८ वटा हतियार रहेका छन् । निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउनका लागि हतियार संकलन गरिएको हो । 

सो क्रममा प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाएको छ । प्रशासनका अनुसार कूल हतियारमध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको र १०० वटा बाहिरी जिल्लामा सरेको छ । सम्पूर्ण विवरणमध्ये २२ वटा हतियारको अवस्था अझै अपुष्ट रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर