२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ्ग मैदीका वडाध्यक्षद्वारा रुख चिन्हमा भोट नदिए पानीसमेत खान नदिने धम्की

२०७४, ९ मंसिर शनिबार १७:०८

मंसिर ९, धादिङ | आइतवार धादिङ सहित ३२ जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचनमा आ-आफ्नो पक्षमा मतदान दिन बिभिन्न तरिका अपनाउने क्रममा ज्वालामुखी गाउँपालिका –२, का वडाध्यक्ष रणबहादुर शाहीले मैदीको काफलपानीका दलित परिवारलाई रुख चिन्हमा भोट नहाले पानीसमेत खान नदिने धम्की दिएका छन् ।

निर्वाचनको मौन अवधिमा दलित बस्तीमा पुगेर भोलि हुने निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत नदिए पानी समेत नदिने धम्कि दिएका हुन् । यस घटनाको बिभिन्न मिडियाले कभरेज दिएका छन् । धम्कि पाउनेहरुमा ५७ वर्षका पदम बहादुर बिक, ६४ वर्षका टेकमान विक, ७२ वर्षका जगतमान बिक रहेका छन् । मैदीको दियम खोलाको पानी आफ्नो भएकोले खाने पानी रोक्ने उनीहरुले धम्कि दिएपछी उनीहरुले संचारमध्यममा आफ्नो दुखेसो पोखेका हुन् ।

आरोपीहरुका अनुसार ज्वालामुखी गाउँपालिका –२ का वडा अध्यक्ष शाहीले काफलपानीमा एक दलित वस्तीमा चुरोट खान दिँदै यस्तो धम्की दिएका हुन् । शुक्रबार साँझ झण्डै ७ बजे काफलपानीका पदमबहादुर बिक घरसल्लाह गरिरहँदा वडाध्यक्ष शाही एक सहयोगीसहित उनको घरमा प्रवेश गरे । शाहीले औपचारिक कुराकानी सुरु नगर्दै पदमबहादुरकी श्रीमती दिलमायाको हातमा चुरोट राखिदिएर आफू आउनुको कारण सुनाउँदै भोट मागेका थिए । उनले भोट माग्ने क्रममा सिधै आफ्नो पावर देखाई – अहिले वडामा सबै काम गर्ने मै हुँ भन्दै राहत दिने बेलामा सबै काम मैले गरेको छु भनेर मतदातालाई प्रभावित पार्न खोजेका थिए । सोहि क्रममा साहीले कांग्रेसलाई मत दिनुपर्ने भन्दै रुखमा मतदान नगरे पानी समेत नदिने धम्कि दिएका हुन् । 

मतदातालाई धम्क्याउने साही कांग्रेस धादिङका पूर्व गाउँ सभापति समेत हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन