१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गको ज्वालामुखी ५ सहित २ सय ७५ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान

१० मंसिर २०७४, आईतवार १४:०६

मङ्सिर १०, धादिङ्ग |  धादिङ्गको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामुखी ५ मा उत्साहपुर्वक मतदान सम्पन्न भएको छ | 

कुल ३५९४ मतदाता रहेको यहाँ २४५२ मत अर्थात ६८.२ प्रतिशत मत खसेको छ | सुनछायाँ मतदान केन्द्र धुलीमैदानमा सम्पन्न मतदानमा १२९९ महिला र ११५३ जना पुरुष मतदाताले मतदान गरे | 

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सकेर मतदानका मतपेटिका सील गरि सदरमुकाम पठाइएको छ ।

यसैबीच धादिङमा २ सय ७५ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि धादिङ्ग जिल्लाभर २ लाख ५५ हजार ६ सय ३ मतदाता रहेका थिए ।

धादिंगको प्रारम्भिक बिबरण अनुसार जिल्लाभर ६६ प्रतिशत  मत खसेको अनुमान गरिएको छ । प्राय सबै स्थानबाट मतपेटिका सदरमुकाम लगिंदै गरेको जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु