१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ११ दिनसम्म कसरी राखिन्छ मतपेटिका ?

१० मंसिर २०७४, आईतवार १७:११

मङ्सिर १०, काठमाडौँ | ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म लाइनमा बसेर मतदाताले भोट हालेका थिए । 

पहिलो चरणमा भएको ३२ जिल्लाको यो निर्वाचनबाट ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वा्चित हुनेछन् । तर चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नु पर्नेछ । मंसिर २१ गते दोस्रो चरणको चुनावपछि मात्रै देशभरिको मतगणना एकैसाथ सुरु हुनेछ । 

११ दिनसम्म मतपेटिका कसरी सुरक्षित राखिन्छ ? 


मङ्सिर २१ गतेसम्म मतगणना नहुँदा मतपेटिकालाई सुरक्षित तरिकाले राखिनेछ । मतदान भएका स्थानबाट सुरक्षाका लागि मतपेटिकाहरु सदरमुकाम ल्याइन्छ । पहिलो चरणमा चुनावमा भएका मध्ये २७ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने बाग्लुङ, गोरखा, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा दुई–दुई निर्वाचन क्षेत्र छन् । मतपेटिका सुरक्षित राख्ने जिम्मा आयोगले  जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतलाई दिएको छ । 

मतपेटिका कसरी सुरक्षित राख्ने भन्ने बिषयमा मुख्य निर्वाचन अधिकृतले निर्णय लिनेछन् । मतपेटिकाको सुरक्षाको लागि पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेना रहने व्यवस्था छ । कतिपय जिल्लामा भने मतपेटिका राखिएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको छ । मतपेटिकालाई सिलबन्दी गरेर सुरक्षा घेरामा राखिनेछ । 

- तश्विर: डील्ली मल्लबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु