१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकमा अब आर्थिक क्रान्तिको खाँचो छ: नेपाल

११ मंसिर २०७४, सोमबार ०६:२९

मङ्सिर ११, काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । 

संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँचलाई विकास गर्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको बताउँदै आगामी निर्वाचनमा जनताले सोही गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका नेता नेपालले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा स्थानीय, प्रदेश र केन्द्रको समन्वय हुनुपर्ने औँल्याउँदै स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अब प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का पोलटब्युरो सदस्य प्रकाश गौतमले देशलाई विकासोन्मुख राष्ट्रबाट विकसित मुलुकमा पु¥याउन आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै औद्योगिक क्रान्तिका माध्यमबाट देशलाई समृद्ध राष्ट्र निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु