२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार छैन: सुवाल

२०७४, ११ मंसिर सोमबार ०७:३५

मङ्सिर ११, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताउनु भएको छ । 

सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताउनुभएको हो । 

अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा पुग्नुभएका सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत छैन भन्नुभयो । 


सरकारमा जाने तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने र राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका ती दललाई भोट दिनुको औचित्य नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक छ ।” 

नेता सुवालले आफ्नो पार्टीले सडक र सदन दुबैमा संघर्ष गरी जनताको पक्षमा नीति बनाउन पहल गरेकाले मत दिएर सघाउनुपर्नेमा जोड दिनुभयो । भेलामा प्रदेशसभा १ चाँगुनारायणका उम्मेदवार नीरज लवजूले देशलाई अफ्ठ्यारो परेको बेलामा एमाले, काँग्रेस र माओवादीका नेताले केही बोल्न नसकेकाले ती दललाई मत दिन नहुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर