१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार छैन: सुवाल

११ मंसिर २०७४, सोमबार ०७:३५

मङ्सिर ११, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताउनु भएको छ । 

सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताउनुभएको हो । 

अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा पुग्नुभएका सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत छैन भन्नुभयो । 


सरकारमा जाने तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने र राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका ती दललाई भोट दिनुको औचित्य नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक छ ।” 

नेता सुवालले आफ्नो पार्टीले सडक र सदन दुबैमा संघर्ष गरी जनताको पक्षमा नीति बनाउन पहल गरेकाले मत दिएर सघाउनुपर्नेमा जोड दिनुभयो । भेलामा प्रदेशसभा १ चाँगुनारायणका उम्मेदवार नीरज लवजूले देशलाई अफ्ठ्यारो परेको बेलामा एमाले, काँग्रेस र माओवादीका नेताले केही बोल्न नसकेकाले ती दललाई मत दिन नहुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु