2026-07-03 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसका नेता विमलेन्द्र निधि एक हप्तापछि डिस्चार्ज

2017-11-27

मङ्सिर ११, काठमाडौँ । स्थानीय ओम अस्पतालमा एक हप्ताको उपचारपछि पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज घर फिर्ता हुनुभएको छ छ । 

लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य परीक्षणपछि उहाँमा निमोनिया देखिएकामा उहाँलाई इन्जेक्सनमार्फत एन्टिबायोटिक औषधि चलाई चिकित्सककै निगरानीमा राखिएको थियो । 


अस्पतालका पेटरोग विशेषज्ञ डा राहुल पाठक, छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकाललगायतको टोलीले उहाँको उपचार गरेको थियो । “उहाँले अझ तीन दिन औषधि खानुपर्छ, ट्याब्लेट औषधि दिइएको छ, अहिले ठीक हुनुभएको छ तर पनि उहाँले स्वास्थ्य ख्याल गर्नुपर्छ,” डा ढकालले बताउनुभयो । धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन् । 

नेता निधि अस्पतालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति डा रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपतिका विज्ञ सदस्य, भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन