२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तीन घेराभित्र मतपेटिका सुरक्षित, ७० प्रतिशत मत खस्यो

२०७४, १२ मंसिर मंगलवार ०३:१३

नन्दराम जैशी | मंसिर १२, जुम्ला । जुम्लाका ९० वटै मतदान केन्द्रबाट प्राप्त भएका सबै मतपेटिका सुरक्षित राखिएको छ । आइतबार साँझ ५ बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि जिल्ला सदरमुकाम ल्याईदै गरेका सबै मतपेटिका सोमबार दिउसो ३ बजेभित्र प्राप्त भइसकेका छन् । 

९० वटै मतदान केन्द्रबाट प्राप्त भएका जम्मा २ सय ७० वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका छन् । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले पत्रकार सम्मेलन गर्दै प्राप्त भएका सबै मतपेटिका सुरक्षित राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार राजनितिक दलका प्रतिनिधिहरुको रोवहरमा कडा सुरक्षा ब्यवस्थाका साथ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको हो । उहाँले भन्नुभयो, निर्वाचन सुरक्षा रणनिति अनुसार मतपेटिकाको कडा सुरक्षा हुनेछ । सुरक्षा ब्यवस्थामा कुनै कमजोरी हुने छैन । मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तिन घेरामा सुरक्षा दिईनेछ । जस अनुसार भित्रि घेरामा नेपाल प्रहरी, मध्य घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपालि सेनाले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार २१ गते साँझ ५ पछि मतगणना कार्य शुरु हुने भएको छ । 

मतगणना सम्पन्न नभएसम्म सुरक्षा ब्यवस्थालाई कडा पारीने बताइएको छ । भने मतपेटिकाको प्रत्यक्ष निगरानि र सुरक्षाका लागि राजनितिक दलका प्रतिनिधिहरु पनि खटिने भएका छन् ।    

७० प्रतिशत मत खस्यो  

जुम्लाका ७६ मतदान स्थलका ९० वटा मतदान केन्द्रबाट जम्मा ७० दशमलब ४ प्रतिशत मत खसेको छ । जम्मा ५९ हजार ५८ जना मतदाता संख्या रहेको जुम्लामा जसको ७० दशमलब ४ प्रतिशत अर्थात ४१ हजार ५ सय ८० मत खसेको हो । जसमध्ये महिला २२ हजार ७ सय १८ जना र पुरुष १८ हजार ८ सय ६२  जनाले मतदान गरेका छन् । १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यका लागि जुम्लामा निर्वाचन भएको छ ।           

निर्वाचन शान्त, सरोकारवाला निकायप्रति धन्यबाद ब्यक्त

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले सोचेभन्दा पनि निर्वाचनलाई शान्त, मर्यादीत तथा भयरहित बातावणमा सम्पन्न गर्न भुमिका खेल्ने सबै सरोकारवाला निकायप्रति धन्यबाद ब्यक्त गर्नुभएको छ । सुरक्षा चुनौति र आम समस्याका बिच निर्वाचनलाई शान्त, मर्यादीत तथा भयरहित बातावणमा सम्पन्न गर्न भुमिका खेल्ने निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, राजनितिक दलहरु, कर्मचारी, आम मतदाता, सुरक्षाकर्मि, पत्रकार, संचारकर्मि, पर्यवेक्षक, मतदाता स्वंयमसेवक लगाएत सबै सरोकारवाला निकायप्रति प्रशासनले धन्यबाद ब्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा