२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

१२ मंसिर २०७४, मंगलवार ०६:२४

मङ्सिर १२, तम्घास (गुल्मी)/(रासस) | सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन–रिडी–तम्घास सडक तथा रिडी–रुद्रवेणी– वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेका छन् । पूर्वाधार, पर्यटन, कृषि, मानव संशाधन र सामाजिक विकासलाई सबै उम्मेदवारले उठाएका छन् । 

वाम गठबन्धनले एक वर्षभित्र प्रत्येक जिल्लाका सबै वडा तहमा सडक बाटो लाने, बिजुली, खानेपानी सेवा उपलब्ध गराउने, खरका छानोबाट जनतालाई मुक्त बनाउने, वृद्धभत्तालाई मासिक रु पाँच हजार पुर्याउने घोषणा गरेका छन् । 

प्रतिनिधिसभाको क्षेत्र नं १ मा एमालेका सचिव प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको निर्माण कार्य आफूले शुरु गरे पनि पछिल्लो समयमा बजेट कटौतीमा परेर ओझेल परेको जनाउँदै आउँदो वैशाखभित्र परीक्षण उडान शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विमानस्थलका लागि बजेट निरन्तर राखिएको दाबी गर्नुभएको छ । 

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा छ तर स्थानीय तहको निर्वाचनको मत परिणामले वाम गठबन्धन उत्साहित देखिन्छन् । 

प्रतिनिधिसभाको क्षेत्र नं २ मा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री गोकर्णराज विष्ट र काँग्रेसका पूर्व जिविस सभापति चन्द्रबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा छ । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभए पनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउनुहुन्छ भने काँग्रेसका उम्मेदवार केसी लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्नुहुन्छ । 

जिल्लामा क्षेत्र नं १ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा काँग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ को प्रदेशसभामा गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा काँग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार हुनुहुन्छ । जिल्लामा स्वतन्त्रसहित नौ दलले गरी ५२ उम्मेदवारी दिएका छन् । 

गुल्मी जिल्लाको क्षेत्र नक्सा: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…